अल नासरलाई जिदान चाहियो !

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरहरुलाई मान्ने हो भने रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई भित्र्याउन साउदी अरेबियन क्लब अल नासरले प्रयास थालेको छ।

युरोप तथा साउदीबाट संचालित विभिन्न मिडियाहरुले जिदानलाई भित्र्याउन अल नासरले प्रयास थालेको दावी गरेका हुन्। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको आग्रहमा अल नासरले जिदान भित्र्याउने प्रयास थालेको बताइन्छ।

मंगलबार मात्रै अल नासरले रुडी गार्सियालाई बर्खास्त गरेको थियो। साउदी प्रो लिगमा निरन्तर कम्जोर प्रदर्शन गरेसँगै अल नासरले रुडी गार्सियालाई प्रशिक्षक पदबाट बर्खास्त गरेको हो।

साउदी प्रो लिगको उपाधि दौडमा अल नासर ३ अंकले पछि परेको छ। मात्र ७ खेल खेल्न बाँकी रहेको अवस्थामा अल नासरले नयाँ प्रशिक्षकलाई क्लबको जिम्मेवारी दिन चाहेको छ।

रोनाल्डोको सुझावसंगै अल नासरले जिदान भित्र्याउने प्रयास सुरु गरिसकेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। अल नासरले जिदानका अलावा जोसे मोरिन्होलाई पनि आफ्नो सूचीमा राखेको छ।

रोनाल्डो जसले दुबै प्रबन्धकहरू अन्तर्गत खेलेका छन्, जिदानको सम्भावित नियुक्तिको बारेमा छलफलमा संलग्न छन्। अल नासर र रोनाल्डोले जिदानलाई क्लबको प्रशिक्षकको रुपमा भित्र्याउन चाहेको भएपनि जिदानले अल नासरको जिम्मेवारी सम्हाल्ने कम सम्भावना रहेको बताइन्छ।

प्रकाशित : , ०, ०१३:५१

पिएसजीलाई मेस्सीको चक्मा, बार्सिलोना फिर्ता हुन सहमत ?