एकाएक भड्किए रोनाल्डो, क्लबबाट प्रशिक्षक आउट ?

एजेन्सी – विभिन्न साउदी अरेबियन मिडियाहरुका आएका खबरहरुलाई मान्ने हो भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरका प्रशिक्षकसँग असन्तुष्ट छन्।

साउदी प्रो लिगमा अल नासरको कम्जोर प्रदर्शनसंगै रोनाल्डो क्लबका प्रशिक्षक रुडी गार्सियासँग असन्तुष्ट भएको दावी विभिन्न साउदी अरेबियन तथा युरोपेली मिडियाहरुले गरेका हुन्।

यो दाबी गरिएको छ कि क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक गार्सिया बीचको सम्बन्ध निरन्तर बिग्रिरहेको छ। साउदी प्रो लिग अन्तर्गत अल फेहा विरुद्धको खेलमा गोल रहित बराबरी खेलेपछि त दुई बीचको सम्बन्ध थप बिग्रिएको छ।

फ्रान्सेली प्रशिक्षकले टोलीको क्षमताको पूर्ण सदुपयोग गर्न नसकेको रोनाल्डोको बुझाई रहेको बताइन्छ। टोलीमा रहेको प्रतिभालाई ध्यानमा राख्दै साउदी प्रो लिग जित्न सक्षम हुनुपर्ने भएपनि प्रशिक्षकका कारण अल नासर पछि परेको भन्दै रोनाल्डो असन्तुष्ट रहेको साउदी मिडियाहरु दावी गर्छन्।

रोनाल्डोले क्लबलाई प्रशिक्षक परिवर्तन गर्न दबाब दिरहेको पनि बताइएको छ। उनले क्लबलाई स्पष्ट रुपमा प्रशिक्षक परिवर्तन गर्न निर्देशन दिसकेको र त्यसपछि क्लब पनि नयाँ प्रशिक्षकको खोजिमा जुटिसकेको साउदी मिडियाहरुको दावी छ।

गार्सियाले जुलाई २०२२ मा टोलीको जिम्मेवारी लिएका थिए। त्यसपछि अल नासरले २६ खेलमा १८ जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ। त्यस्तै ५ खेलमा भने अल नासर बराबरीमा रोकिएको छ।

अल नासर साउदी प्रो लिगमा यति बेला दोस्रो स्थानमा रहेको छ। अल नासर शिर्ष स्थानबाट ३ अंकले पछि छ। साउदी प्रो लिगमा अल नासरले यस सिजन मात्रै ७ खेल खेल्न बाँकी रहेको छ।

प्रकाशित : , ०, ०१८:२५

“बार्सा मेस्सीको घर हो, मेस्सी हुँदा जुन सुकै टोली बलियो हुन्छ”