रियलले बनायो बेन्जेमाको स्थान लिने सम्भावित खेलाडीको सूची ! सूचीमा को-को ?

एजेन्सी – स्पेनिस महारथी यति बेला फ्रेन्च स्टार क्रिम बेन्जेमाको स्थान लिने खेलाडीको खोजिमा जुटेको छ। बेन्जेमाको बढ्दो उमेरसँगै रियल उनको स्थान लिन सक्ने खेलाडीको खोजिमा जुटेको हो।

रियलले बेन्जेमाको स्थान लिन सक्ने विभिन्न खेलाडीहरु माथि अजर लगाईरह्को`लगाइरहेको विभिन्न सेनिस खेल मिडियाहरुले जनाएका छन्। पछिल्लो पटक रियलले बेन्जेमाको स्थान लिन सक्ने तीन खेलाडीको सूची बनाएको खबर बाहिरिएको छ।

खबरका अनुसार रियलले बेन्जेमाको स्थानमा अर्जेन्टिनी स्टार पाउलो डिबाला, फ्रेन्च फरवार्ड मार्कस थुराम र ब्राजिलियन खेलाडी रिचार्लिसन रहेका छन्। रियलले बेन्जेमाको स्थानमा यी तीन मध्ये एक खेलाडीलाई भित्र्याउने योजना बनाएको स्पेनिस मिडिया फिचाजेसले जनाएको छ।

रिचार्लिसनले टोटेनह्याम हटस्परमा आफ्नो उच्च खेल प्रदर्शन गर्न बाँकी नै छ। यसै सिजन टोटेनह्याम पुगेका उनले कुल २७ खेल खेल्दा मात्रै २ गोल गरेका छन्। यस सिजन टोटेनह्यामका लागि उनले चार असिस्ट दिएका छन्।

एभर्टनका पूर्व खेलाडी रिचार्लिसनलाई क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले समेत भित्र्याउन चाहेको बताइन्छ। पेरेज रिचार्लिसनका ठूलो प्रशंसक रहेका छन् र उनले रिचार्लिसनलाई आउने समर ट्रान्सफर विन्डोमै भित्र्याउन चाहेका छन्।

कतार विश्वकपमा अर्जेन्टिनाका लागि १७ मिनेट मात्र खेलेका डिबालाको एएस रोमा सम्झौतामा १२ मिलियन युरोको एक्जिट क्लज छ। सो क्लज यहि सिजनको अन्त्यबाट सक्रिय हुनेछ।

सो क्लज सक्रिय गराएर उनलाई रियलले भित्र्याउन सक्छ। उता थुरामलाई पनि बेन्जेमाको लागि उत्तम विकल्पको रूपमा हेरिएको छ। बोरुसिया मोन्चेनग्लाडबाचसँगको सम्झौता सकिने बितिकै उनी सिजनको अन्यमा फ्री एजेन्ट हुनेछन्। यस्तोमा उनका लागि रियलले एक पैसा पनि खर्च गर्न पर्ने छैनन्।

प्रकाशित : , ०, ०१४:४७

बेन्जेमाको सट्टा मेस्सीलाई भोट गरेको बारे फेरी बोले अलाबा, स्पष्ट पारे !