सिटी भर्सेस बायर्न: चल्ला हालाण्डको जादू ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – च्याम्पियन्स लिगको महत्वपूर्ण खेलमा आज राति म्यानचेस्टर सिटी र बायर्न म्युनिख आमने-सामने हुँदैछन्। सिटीको घरेलु मैदानमा आज राति सिटी र बायर्न आमने-सामने हुन लागेका हुन्।

च्याम्पियन्स लिगको अन्तिम १६ मा सिटीले आरबी लाइप्जिङको चुनौतीलाई पार गरेर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आइपुगेको हो।
सिटीले अन्तिम १६ को पहिलो लेगमा आरबी लाइप्जिङसँग १-१ गोलको बराबरी खेलेको थियो। तर दोस्रो लेगमा भने सिटीले ७-० को सानदार जित निकाल्न सफल भएको थियो।

यस्तै बायर्न भने च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई पराजित गरेर क्वाटरफाइनलमा प्रवेश गरेको हो। पहिलो लेगमा बायर्नले पिएसजीलाई १-० र दोस्रो लेगमा २-० गोल अन्तरले पराजित गरेको थियो।

म्यानचेस्टर सिटी र बायर्न म्युनिख बीचको आजको खेल युरोपेली प्रतियोगिताको सातौँ भेट हुनेछ। युरोपेली प्रतियोगितामा सात पटक भेट हुँदा दुवै पक्षले ३-३ खेलमा जित निकालेका छन् भने एक खेल बराबरीमा रोकिएको छ।

म्यानचेस्टर सिटीले घरेलु मैदानमा युइएफए च्याम्पियन्स लिगमा बायर्नलाई पछिल्लो दुई पटक पराजित गरेको छ। तर सन् २०१३ मा भने सिटी बायर्नसँग घरेलु मैदानमै पराजित भएको थियो। त्यस बेला पेप ग्वार्डियोला बायर्नको प्रशिक्षक थिए।

पहिलो लेगमा जित निकाल्दा दोस्रो लेगका लागि सहज हुने हुँदा आज राति दुवै टोली जित निकाल्ने दाउमा हुनेछन्। सिटी र बायर्न बीचको खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

प्रकाशित : , ०, ०१४:०९

रियलले बनायो बेन्जेमाको स्थान लिने सम्भावित खेलाडीको सूची ! सूचीमा को-को ?