रियल ओरालो लागेको लाग्यै, सिजन नसकिँदै बार्सा च्याम्पियन ?

एजेन्सी – शनिबार राति रियल म्याड्रिड लालिगा अन्तर्गतको खेलमा स्तब्द बन्यो। गएको केहि समय देखि लालिगामा कम्जोर प्रदर्शन गरिरहेको रियल शनिबार राति भिल्लारियलसँग स्तब्द बन्न पुगेको हो।

रियल घरेलु मैदानमै भिल्लारियलसँग २-३ को गोल अन्तरले पराजित भयो। रियलले बलमा कम नियन्त्रण राख्दा सहि तरिकाले आक्रमण पनि गर्न चुक्यो। रियलले खेलभर बलमा ४९ प्रतिशत नियन्त्रण राखेको थियो।

खेलभर रियलको तर्फबाट कुल १८ प्रहार भएका थिए। ती मध्ये ४ प्रहार मात्रै टार्गेटमा थिए। त्यस्तै पाहुना टोली भिल्लारियलको तर्फबाट १७ प्रहार भएका थिए। त्यसमध्ये ८ प्रहार टार्गेटमा थिए।

भिनिसियस जुनियरले एक गोल गर्दा एक गोल भने रियलले उपहारमा पाएको थियो। भिल्लारियलका लागि भने सामुइल चुकविजीले दुई तथा जोश लुइस मोरालेसले एक गोल गरेका थिए।

भिल्लारियल विरुद्ध हरेसँगै रियल लालिगा उपाधि होडमा धेरै पछि परेको छ। रियलको पराजयले क्याटलान क्लब बार्सिलोनालाई १५ अंकको अग्रता बनाउने अवसर मिलेको छ। रियल भन्दा एक कम खेल खेल्दै बार्सिलोनाले १२ अंकको अग्रता बनाइसकेको छ।

अब आउने खेलमा जित निकाले बार्सिलोनाले १५ अंकको अग्रता बनाउनेछ। त्यसको अर्थ सो लयलाई कायम राख्न सके बार्सिलोना पाँच खेल बाँकी छँदै लालिगा च्याम्पियन बन्नेछ। अझै भन्ने हो भने अहिलेको लयलाई सिजनको ३३ औं खेल सम्म कायम राख्दा बार्सिलोना सिजन नसकिँदै च्याम्पियन बन्न सक्छ।

प्रकाशित : , ०, ०१०:१४

एनफिल्डमा ताण्डव गर्ने दाउमा आर्सनल, खेल कुन च्यानलमा हेर्ने ?