पूर्व युएसएमटि गोलकीपर शेप मेसिङले पेरिस सेन्ट-जर्मेन (पीएसजी) सुपरस्टार लियोनल मेस्सी मेजर लिग सकर (एमएलएस) मा सामेल हुन नजिक रहेको बताएका छन्। मेस्सी पेरिससँगको सम्झौताको अन्तिम महिनामा छन् तर अझै म्याद थप गर्न सहमत छैनन्। हाल अनिश्चित भविष्यको बीचमा उनी बार्सिलोना फर्किने हल्ला निकै चुलिएको छ।
यद्यपि, मेसिङ भने एमएलएस३६० शो मा दाबी गर्दै अर्जेन्टिनी कप्तान मेस्सी अमेरिकी लिगमा मेस्सीको ट्रान्सफर चाँडै हुन गइरहेको छ भन्ने कुरामा विश्वस्त छन्। उनले भने कि यो कदम “हुँदैछ, र यो छिट्टै हुन गइरहेको छ।” एलएमएस आयुक्त डन गार्बरले यस महिनाको सुरुमा एथलेटिकसँग कुरा गर्दा महत्त्वपूर्ण टिप्पणी गरे। उनले लिग मेस्सीको सम्भावित क्लब, इन्टर मियामी, का लागि एक वित्तीय प्याकेज बनाउनका लागि खुला छ जसले क्लबलाई अर्जेन्टिनाका सुपरस्टारलाई अनुबन्ध गर्न अनुमति दिनेछ।
गार्बरले एथलेटिकलाई भने,”तपाईं खेलको इतिहासमा सायद सबैभन्दा विशेष खेलाडीको कुरा गर्दै हुनुहुन्छ। त्यसैले जब त्यहाँ मियामीसँग जोडिएको अफवाहहरू छन्, त्यो राम्रो छ। र यदि यो हुन सक्छ, यो एलएमएसका लागि निकै उत्कृष्ट हुनेछ; यो मेस्सी र उनको परिवारको लागि उत्कृष्ट हुनेछ, र हामीसँग सबै कुरा जस्तै, हामी हरेक अवसरमा काम गर्न प्रयास गर्छौं। यदि हामीसँग त्यो गर्ने अवसर छ भने, जे पनि गर्न तयार हुनेछौं।”
उनले थपे,”हामीले एउटा सम्झौताको संरचना बनाउनु पर्छ जसले उनलाई र उनको परिवारले अपेक्षा गरे अनुसारको माग पूर्ति गर्नेछ। त्यो के हो? इमानदारीपूर्वक, हामीलाई आज थाहा छैन, तर उहाँ सम्भवतः पैसा बटुल्ने खेलाडी मात्र हुनुहुन्न।”