जाभी हर्नान्डेज बार्सिलोनाको लागि गोल गर्ने खेलाडीको सूचीमा अन्सु फातीलाई देख्दा खुसी भए। क्याटालान क्लबले ला लिगामा शनिबार राती एल्चेलाई ४-० गोलले पराजित गर्दा फातीले पनि गोल गरेका थिए।
हाफवे लाइनको वरिपरि फेरान टोरेसबाट फातीले बल प्राप्त गरे र बक्स बाहिरबाट बलियो दाहिने खुट्टाको क्रसशटबाट गोल गर्न आक्रमणको तेस्रोमा पुगे। स्पोटिफाई क्याम्प नोउमा उनको भविष्यको बारेमा अनिश्चितताको बीचमा यस्तो उत्कृष्ट गोल आएको हो। २० वर्षीय स्टारको बुबा तथा एजेन्ट, बोरी फातीले भर्खरै बार्सिलोनाले आफ्नो छोरालाई खेल्नको लागि थप समय नदिएकोमा आलोचना गरेका थिए। उनले अन्सु फातीलाई अर्को क्लबमा लैजाने धम्की दिए तर खेलाडी बार्सामै बस्न चाहेको स्पष्ट पारेका थिए।
यस वर्षको सुरुमा सिनियर टोलीसँगको मिनेटको बारेमा फाटीलाई धैर्यता राख्न आग्रह गर्ने जाभीलाई खेल पछि स्पेनियार्डको गोलको बारेमा आफ्नो निर्णय दिन भनियो। जसमा उनले भने,”गोलले सधैं फरवार्डलाई आत्मविश्वास दिन्छ। आजको दिन राम्रो भयो किनभने तीनैले गोल गरे। अन्सु थकित भइसकेका छन्। गोल बाहेक उसले टोलीको लागि कस्तो काम गरेको छ। यो मेरो लागि राम्रो कुरा हो। जसलाई गोल चाहिएको थियो उनीहरूले गरे, जुन मेरो लागि यो खुसीको कुरा हो।”