रोड्रिगो डे पल र लिआन्ड्रो परेडेसको यस्तो अन्धविश्वासका कारण अर्जेन्टिनाले विश्वकप जितेको खुलासा !

एट्लेटिको म्याड्रिडका रोड्रिगो डे पल र युभेन्टसका लिआन्ड्रो परेडेसले अर्जेन्टिनाको २०२२ फिफा विश्वकपको अभियानमा कतारमा अनौठो परम्परा सुरु गरेका थिए। चाखलाग्दो कुरा के छ भने, यी दुई खेलाडीले यस्तो कार्य सुरु गरेदेखि ला अल्बिसेलेस्टेले एक खेल पनि हारेको छैन।

फुटबल खेलाडीहरू उनीहरुको अपरंपरागत अन्धविश्वासका लागि परिचित छन्, जसले उनीहरूलाई राम्रो भाग्य ल्याउँछ। अर्जेन्टिनाका मिडफिल्डर डे पल र परेडेसले फिफा विश्वकपदेखि नै धार्मिक रूपमा एक विचित्र चलन प्रदर्शन गर्दै आएका छन्। स्पेनिस आउटलेट मुन्डो डेपोर्टिभोले खुलासा गरेअनुसार यी दुई मिडफिल्डर कतारदेखि आफ्ना सहकर्मी भन्दा अगाडि मैदानमा आउन थालेका छन्। पिचमा आएपछि उनीहरु वरिपरि हिंड्छन्, वातावरणमा भिज्छन् र ड्रेसिङ कोठामा फर्कनु अघि प्रत्येकसँग क्यान्डी खान्छन्।

डे पल र परेडेस कथित रूपमा विश्वास गर्छन् कि उनीहरूको क्यान्डी खाने चलनले अर्जेन्टिनालाई २०२२ फिफा विश्वकप जित्न मद्दत गर्‍यो। पनामा र कुराकाओ विरुद्धको मैत्रीपूर्ण भिडन्तमा पनि उनीहरूले खेलअघिको चलनलाई पछ्याएका थिए। लियोनल मेस्सी र अर्जेन्टिनाले मार्च २३ मा पानामालाई २-० ले हराएको थियो भने आज बिहान मात्र कुराकाओलाई ७-० ले हराएको छ।

प्रकाशित : , ०, ०१५:३२

यी रहे यस अन्तराष्ट्रिय ब्रेकक सबैभन्दा उत्कृष्ट ५ खेलाडी, को नम्बर एक ?