बार्सिलोना ट्रान्सफर विशेषज्ञ जेरार्ड रोमेरोले लियोनल मेस्सी पीएसजीबाट क्याम्प नोउ फर्किनका लागि तलब कटौती स्वीकार गर्न तयार रहेको दाबी गरेका छन्। उनले थपे कि अर्जेन्टिनी स्टारले बार्सिलोना फ्यानहरूले स्टेडियममा उनको नामको नारा लगाएको देखे र क्लबमा पुन: सामेल हुन तयार छन्।
मेस्सीको पीएसजीसँगको सम्झौता गर्मीमा सकिँदैछ र उनले क्लबसँगको सम्झौता थप गर्न बाँकि नै रहेको छ। आफ्नो ट्विच च्यानलमा बोल्दै, रोमेरोले दाबी गरे कि मेस्सीले क्याम्प नोउमा बार्सिलोना समर्थकले उनको नाम जपिरहेका देख्दा मन छोएको छ र बार्सिलोनामा पुन: फर्किने विचार गरिरहेका छन्।
उनले भने,”लियो मेस्सी तलब कटौती गर्न र बार्सिलोनाको अवस्था अनुसार तलबमा समायोजन गर्न तयार छन्। लापोर्टाले उनीसँग आमनेसामने कुरा गर्नुपर्छ। लियोले गत आइतबार स्पोटिफाई क्याम्प नोउमा फ्यानहरूले उनको नाम जपिरहेको देखे। मेस्सीको पुनरागमनको पक्षमा नभएका क्लबका मानिसहरूले यो ठूलो आर्थिक वृद्धि हुने कुरा बुझेका छन्।”
मेस्सीले पीएसजीका लागि ३२ खेलमा १८ गोल र १७ असिस्ट गरेका छन्। ३५ वर्षिय खेलाडीले डिसेम्बरमा अर्जेन्टिनासँग २०२२ फिफा विश्वकप पनि जितेका छन्।