फातीलाई लिएर दोधारमा बार्सिलोना !

एजेन्सी – स्पेनिस प्रकाशन फिचाजेसका अनुसार यति बेला क्याटलान क्लब बार्सिलोना दोधारमा परेको छ। क्लबका युवा स्तर अन्सु फातीको भविष्यलाई लिएर बार्सिलोना दोधारमा परेको हो।

बार्सिलोनाले फातीलाई क्लबमै राख्ने कि बिक्री गर्ने भन्ने स्पष्ट निर्णय गर्न नसकिरहेको दावी फिचाजेसले गरेको छ। विभिन्न कारणहरुले गर्दा बार्सिलोनाले फातीको भविष्यका बारेमा स्पष्ट निर्णय गर्न नसकिरहेको बताइन्छ।

नम्बर १०को जर्सी लगाउने फाती माथि बार्सिलोनाले धेरै विश्वास गरेको भएपनि उनले त्यति राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। १० नम्बरको जर्सी पाएपछि चोटका कारण उनी लामो समय मैदान बाहिर रहे।

गत सिजनले चोटका कारण केहि समय मात्र मैदानमा रहन पाए। फिट भएपछि यस सिजन भने उनी प्रशिक्षक जाभीको रोजाईमा पर्न सकिरहेका छैनन्। उनलाई जाभीले बेन्चबाट मैदान प्रवेश गराउने गरेका छन्।

यस सिजन उनले बार्सिलोनाका लागि कुल ३८ खेल खेलेका छन्। त्यसमध्ये २७ खेलमा उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका छन्। उनले यस सिजन बार्सिलोनाका लागि मात्रै १ हजार ३ सय ३८ मिनेट खेलेका छन्।

बार्सिलोनामा खेल्ने अवसर कम पाएका कारण फाती पनि क्लब परिवर्तन गर्ने मुडमा रहेका छन्। उनले बार्सिलोना छाडेर अन्यत्र आफूलाई विकसित गर्ने योजना बनाएका छन्। बार्सिलोना फातीलाई बिक्री गर्ने कि लोनमा अन्यत्र पठाउने भन्ने विषयमा नै निर्णय गर्न सकिरेको छैन।

प्रकाशित : , ०, ०१४:१४

अन्ततः एम्बाप्पेलाई हालाण्डले पछि पारेरै छाडे, हाने सानदार जम्प !