अन्तत: मेस्सी बार्सिलोना नै फर्किने ?

स्पेनिस पत्रकार जेरार्ड रोमेरोले पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सीको उल्लेखनीय पुनरागमन गर्न सक्ने सम्भावनामा बार्सिलोनालाई ६० प्रतिशत मौका दिएका छन्।

अर्जेन्टिनी कप्तानले सन् २०२१ मा नाउ क्याम्प छाडेका थिए। उक्त समयमा क्लबको खराब आर्थिक अवस्थाका कारण ब्लाउग्राना क्लब मेस्सीको सम्झौता नवीकरण गर्न असमर्थ रह्यो, जसको कारण उनी नि:शुल्क ट्रान्सफरमा पेरिस क्लबसँग आवद्ध भएका हुन्। क्लब छाडेदेखि नै बार्सिलोना फ्यान पूर्व कप्तानको पुनरागमनको बाटो हेरिरहेका छन्।

यसैबीच, रोमेरोले यस्तो हुने सम्भावना बढ्दै गएको दाबी गरेका हुन्। उनले आफ्नो ट्विच च्यानलमा भने: “विश्वसनीय पत्रकारले पीएसजी स्टार लियोनल मेस्सी बार्सिलोना फर्कने सम्भावना ६०% रहेको दाबी गरेका छन्।”

मेस्सीले पीएसजीसँग उत्कृष्ट सिजनको आनन्द उठाएका छन्, जारी सिजन विभिन्न प्रतियोगितामा ३१ खेलमा १८ गोल गरेका छन् र १७ सहयोग प्रदान गरेका छन्। यद्यपि, उनको अभियान पार्क डेस प्रिन्सेसमा उनको भविष्यको बारेमा अनिश्चितताको बादलमा छ।

अर्जेन्टिनी फरवार्डको सम्झौता सिजनको अन्त्यमा सकिँदैछ। नवीकरणका लागि वार्ता भएको छ तर सफल निष्कर्षमा पुगेको छैन। पेरिस क्लबमा उनले हस्ताक्षर गरेको सम्झौताको म्याद सकिने मिति नजिकिँदै जाँदा २०२२ फिफा विश्वकप विजेता बार्सिलोना फर्किने बारे थप हल्ला बढ्दै गएका छन्।

प्रकाशित : , ०, ०११:३७

चेल्सीलाई गत सिजनको बदला लिने मौका, पुन: म्याड्रिडले मार्ला बाजी ?