एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरएपनि प्रशिक्षक क्रिस्टोफ गाल्टियरको पद भने सुरक्षित रहेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार पिएसजी च्याम्पियन्स लिगबाट बाहिरएपनि गाल्टियरको पद भने तत्कालका लागि जोगिएको हो।
पिएसजीले तत्कालै गाल्टियरलाई बर्खास्त गर्ने कुनै योजना नबनाएको फ्रेन्च मिडियाहरु बताउँछन्। पिएसजीले उनलाई तत्कालै बर्खास्त गर्ने कुनै पनि योजना बनाएको छैन।
पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ का दुवै लेगमा बयार्ण म्युनिखसँग पराजित भएको थियो। घरेलु मैदानको पहिलो लेगमा पिएसजी १-० को गोल अन्तरले पराजित हुँदै बायर्नको घरेलु मैदानमा भएको दोस्रो लेगमा पिएसजी २-० को गोल अन्तरले पराजित भएको थियो।
समग्रका ३-० को गोल अन्तरले पराजित हुँदै बाहिरएसँगै एक पटक पुनः च्याम्पियन्स लिग जित्ने पिएसजीको योजना चकनाचुर भयो। च्याम्पियन्स लिग एक पटक फेरी हातबाट फुत्किदा धेरैले गाल्टियरको पद धरापमा पर्ने अनुमान गरेका थिए।
धेरैले उनको रणनीति माथि प्रश्न पनि उठाएका थिए। बायर्न विरुद्धको खेलमा उनले तीन किशोरहरूलाई तैनाथ गरेको विषयलाई जोडेर उनको रणनीति माथि प्रश्न उठाइएको थियो।
यस अगाडी पनि उनको रणनीति माथि प्रश्न उठ्ने गरेको थियो। पिएसजीले धेरै प्रशिक्षकहरु फेरिसकेका कारण गाल्टियरलाई भने केहि समय दिने योजना बनाएको बताइन्छ।