एजेन्सी – विभिन्न स्पेनिस मिडियाहरुमा आएका खबरहरुलाई मान्ने हो भने फ्रेन्च लेजेण्ड जिनेदिन जिदान पुनः प्रशिक्षकको रुपमा रियल म्याड्रिड फर्किन सक्छन्। स्पेनबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले जिदान एक पटक पटक पुनः प्रशिक्षकको रुपमा फर्किने दावी गरेका हुन्।
यस सिजनको अन्त्यमा कार्लो एन्सेलोटीले क्लब छाड्ने निर्णय गरेको खण्डमा रियलले जिदानलाई पुनः क्लबको जिम्मेवारी दिने तयारी गरेको स्पेनिस पत्रिका स्पोर्टले जनाएको छ।
स्पोर्टका अनुसार रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आउने सिजन एन्सेलोटीको स्थान लिन सक्ने सम्भावित प्रशिक्षकको सूची बनाएका छन् र सो सूचीमा जिदानको पनि नाम रहेको छ।
एन्सेलोट्टीको नाम गएको केहि समय देखि ब्राजिलको राष्ट्रिय टोलीस्नाग जोडिएको छ। निरन्तर उनले ब्राजिलको जिम्मेवारी सम्हाल्ने खबरहरु आइरहेका छन्। जससँगै रियल उनको स्थान लिन सक्ने प्रशिक्षकको खोजिमा जुटिसकेको छ।
रियल म्याड्रिड स्पेनिस सुपरकपबाट बाहिरिसकेको छ। र कोपा डेल रेको फाइनलमा रहेको छ। स्पेनिस सुपर कपको फाइनलमा रियल बार्सिलोनासँग पराजित भएको थियो।
त्यस्तै च्याम्पियन्स लिगमा भने रियल सुविधाजनक अवस्थामा छ। पहिलो लेगमा चेल्सीलाई सहजै हार चखाएपछि रियल सेमीफाइनलमा प्रवेश गर्ने क्रममा छ। लालिगामा भने रियल बार्सिलोनासँग निरन्तर पछि परिरहेको छ। रियल बार्सिलोना भन्दा १० अंकले पछि छ।
च्याम्पियन्स लिग र लालिगा समेत हातबाट फुत्किएको खण्डमा रियल यस सिजन उपाधि बिहिन हुनेछ। यस्तो भएमा पक्कै पनि एन्सेलोटी क्लबबाट बाहिरिनेछन्। रियलको उनको स्थान लिन सक्ने सम्भावित प्रशिक्षकहरुको सूचीमा जिदानका अलावा माउरिसियो पोचेटिनो र राउल गोन्जालेज पनि रहेका छन्।