विश्वकप फाइनलमा पिटेपछि एम्बाप्पेको बारेमा यस्तो भन्छन् मेस्सी !

पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार लियोनल मेस्सीले लेस पेरिसियन्सका सहकर्मी किलियन एमबाप्पेसँगको आफ्नो सम्बन्धको बारेमा खुलासा गरेका छन्।

अर्जेन्टिनाका आइकनले २०२१ मा पार्क डेस प्रिन्सेसमा आएदेखि एमबाप्पेसँग महत्वपूर्ण साझेदारी बनाएका छन्। गत वर्ष डिसेम्बरमा भएको फिफा विश्वकपको फाइनलमा २४ वर्षीय खेलाडीसँग खेल्दा भने लियोनल मेस्सीले यो साझेदारीलाई अलग राख्नु परेको थियो। दुवै खेलाडीले आ–आफ्नो टोलीका लागि सानदार प्रदर्शन गरेपछि अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै कतारमा उपाधि उचालेको थियो।

सात पटकका बालोन डी’ओर विजेताले उक्त खेलमा दुई गोल गरेका थिए भने फ्रेन्च स्टारले ह्याट्रिक गरेका थिए। मेस्सीले अब फाइनलमा ह्याट्रिक गरेपछि पनि विश्वकप जित्न नसक्नु एमबाप्पेका लागि विनाशकारी हुने बताएका छन्। उनले कतारमा भएको रोमाञ्चक फाइनललाई अचम्म मानेर फर्केर हेरेका छन्।

मेस्सीले पीएसजी टिभीलाई भने, “त्यो साँचो हो कि यो रोमाञ्चक फाइनल थियो। र खेलको परिदृश्य पूर्ण रूपमा पागल थियो। किलियनले फाइनलमा तीन अविश्वसनीय गोल गरे! त्यसैले त्यसपछि च्याम्पियन बन्न नसक्नु पुरै पागलपन थियो। तर उनले पहिले नै यो जितेका छन् र उनलाई थाहा छ कि विश्व च्याम्पियन बन्नु कस्तो हुन्छ। तर हो, यो फुटबल विश्वका लागि उत्कृष्ट फाइनल थियो।”

लियोनल मेस्सीले पीएसजीलाई पूर्व एएस मोनाको फरवार्डको साथमा सफलताको लागि नेतृत्व गर्ने इच्छा व्यक्त गर्दै यसो भने: “र अब उनीसँग एउटै टोलीमा खेल्न पाउँदा खुसी लागेको छ, र म आशा गर्छु कि किलियन र म यहाँ पेरिसमा सँगै उत्कृष्ट काम गर्नेछौं।”

प्रकाशित : , ०, ०१३:५४

च्याम्पियन्स लिगमा बार्यनलाई पछार्दै अर्को चरणमा पुग्नेमा मेस्सी विश्वस्त !