पेरिस सेन्ट जर्मेन (पीएसजी)का पूर्व मिडफिल्डर ड्यानियल ब्राभोले किलियन एमबाप्पे क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पार्दै विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन्। २४ वर्षीयाले यसअघि नै फ्रान्ससँग २०१८ फिफा विश्वकप जितिसकेका छन् र डिसेम्बरमा कतार विश्वकपमा गोल्डेन बुट जितेका छन्।
उनले क्लब र देशका लागि ठूला अवसरमा आफू देखा पर्ने बानी बनाएका छन् र यसै कारण पनि उनलाई यस पुस्ताका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ। यसैबीच, ब्राभोको लागि वर्तमान समयमा उनीभन्दा उत्कृष्ट खेलाडी कोही पनि छैन – क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी पनि छैनन्। उनले फ्रान्सेली आउटलेट टेलिफुटलाई भने: “उनी यति बुद्धिमान छन् कि उनलाई थाहा छ कि उनले सुधार गर्न के गर्नुपर्छ। त्यसैले हामीलाई थाहा छैन उनी कहाँ जान सक्छन्। मेरो लागि उनी मेस्सी-रोनाल्डोको उत्तराधिकारी हुन्। आजको समयमा मेरो लागि उनी संसारको सर्वश्रेष्ठ खेलाडी हुन्।”
यसैबीच, पेरिसमा २७ फेब्रुअरीमा लियोनल मेस्सीले २०२२ फिफा द बेस्ट मेन्स प्लेयर अवार्ड जितेका थिए। उनी यस वर्षको अन्त्यमा आफ्नो आठौं बालोन डी’ओर अवार्ड जित्ने प्रारम्भिक दाबेदार पनि हुन्। यदि उनले त्यो गर्न सफल भए भने उनले क्रिष्टियानो रोनाल्डोको पाँच बालोन डी’ओर जित्ने संख्या भन्दा तीन बालोन डी’ ओर अगाडि बढ्ने छन्।