प्रिमियर लिगमा आर्सनलको सानदार कम्ब्याक !

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित दर्ता गरेको छ । आर्सनलले घरेलु टोली एस्टन भिल्लासँग खेलमा दुई पटक पछि परेको स्थिति उल्ट्याएर ४–२ को रोमाञ्चक पूनागमन जित दर्ता गरेको हो ।

भिल्ला पार्क बर्मिङहममा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा आर्सनलले खेलको अन्त्यतिर दुई गोल गर्दै जित दर्ता गर्न सफल भएको हो ।

आर्सनलको जितमा बुकायो साका, ओलेक्सन्डर जिन्चेन्को र गाब्रियल मार्टिनेलीले गोल गर्दा एक गोल उपहार पाएको थियो । भिल्लाका ओली वाट्किन्स र फिलिपे कौटिन्होले गोल गरे ।

खेलको पाँचौं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै भिल्लालाई १–० को अग्रता दिलाए । उनले म्याटी कासको पासमा गोल गर्न सफल भएका थिए । १६औं मिनेटमा बुकायो साकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

३१औं मिनेटमा फिलिपे कौटिन्होले गोल गरेपछि आर्सनल पहिलो हाफमा २–१ ले पछि परेको थियो । कौटिन्होले एलेक्स मोरेनोको पासलाई सदुपयोग गरेका थिए ।

६१औं मिनेटमा ओलेक्सन्डर जिन्चेन्कोले गोल गर्दे खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले कप्तान मार्टिन ओडेगार्डको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर दुई गोल गर्दै आर्सनलले रोमाञ्चक पूनरागमन जित दर्ता गर्न सफल भयो ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेजले आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा पहिलोपटक अग्रता लिदै खेललाई ३–२ को स्थितिमा ल्याए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीले फावियो भिएराको पासमा गोल गर्दै आर्सनललाई जित दिलाए । यस जितसँगै आर्सनलको २३ खेलबाट ५४ अंक पुगेको छ । पराजित भिल्ला २८ अंक जोडेर ११औं स्थानमा छ ।

प्रकाशित : , ०, ००५:४३

पैसाको खोला बगाउँदा पनि चेल्सीको यो हाल, पोटर आउट ?