लेवान्डोस्कीलाई बेन्जेमाको कडा टक्कर, लालिगा पिचिची अवार्डका लागि यति गोल मात्रको अन्तर !

एजेन्सी – सिजनको सुरुवातमा निरन्तर गोल गरेका क्याटलान क्लब बार्सिलोनाका स्टार रोबर्ट लेवान्डोस्कीको रफ्तार गएको केहि समय देखि कम भएको छ। पछिल्लो समय रोबर्ट लेवान्डोस्की गोल गर्न संघर्षरत छन्।

पछिल्लो समय रफ्तार कम भएपनि लालिगाको शिर्ष गोलकर्ता रोबर्ट लेवान्डोस्की नै रहेका छन्। लेवान्डोस्कीले अहिले सम्म १४ गोल गरिसकेका छन्। लालिगाका १८ खेलमा लेवान्डोस्कीले यो संख्यामा गोल गरेका हुन्। त्यस्तै उनले ५ असिस्ट पनि दिएका छन्।

लालिगाको शिर्ष गोलकर्ताको रुपमा गत सिजन पिचिची अवार्ड जितेका रियल म्याड्रिडका करिम बेन्जेमा लेवान्डोस्कीलाई पछ्याइरहेका छन्। बेन्जेमाले १३ खेलमा ११ गोल गरेका छन्। साथै लालिगामा उनले ३ असिस्ट पनि दिएका छन्।

लालिगाको शिर्ष गोल कर्ता बन्दै पिचिची अवार्डका लागि यस सिजन विशेष गरी यी दुई खेलाडीकै प्रतिष्पर्धा हुने देखिन्छ। सिजनको सुरुवात देखि निरन्तर घाइते भएपछि बेन्जेमाले लेवान्डोस्कीलाई लालिगा गोलको मामलामा भेट्टाउने अवस्था बनिसकेको छ।

यस्तै इस्प्यानोलका जोसेलु पनि पिचिची अवार्डको दौडमा रहेका छन्। उनले लालिगाको जारी सिजनमा ११ गोल गरेका छन्। उनले १९ खेलमा ११ गोल गर्दै २ असिस्ट दिएका हुन्।

रियल बेटिसका बोर्जा इग्लेसियस पिचिची अवार्डको दौडको चौंथो स्थानमा रहेका छन्। उनले लालिगाको जारी सिजनमा ९ गोल गरेका छन्। ९ गोल नै गरेका सेल्टा भिगोका इयागो एस्पास पनि पिचिची अवार्डको दौडमा रहेका छन्।

प्रकाशित : , ०, ०११:२६

चेल्सीलाई सुझाव – ‘नेयमार नभित्र्याउनु, नत्र रोनाल्डो भित्र्याउँदा युनाइटेडले भोगेको जस्तै भोग्नुपर्ला