नेयमार नभित्र्याउन चेल्सीलाई सुझाव !

एजेन्सी – ब्राजिलियन स्टार नेयमारको भविष्य निरन्तर चर्चामा छ। पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेयता कयौं पटक उनले क्लब छाड्न लागेको चर्चा चलिसकेका छन्। सन् २०१७ मा बार्सिलोना पुगेको केहि वर्ष नबित्दै नेयमारले पिएसजी छाड्न चाहेको चर्चा चलेको थियो।

विभिन्न खेल मिडियाहरुका अनुसार पिएसजीमा राम्रोसँग घुलमिल हुन नसकेका कारण नेयमारले त्यसबेला पिएसजी छाड्न चाहेका थिए। तर क्रमिक रुपमा उनी पिएसजीको टोलीमा राम्रोसँग घुलमिल हुन सके र उनले पछि आफ्नो सम्झौता थप गरे।

नेयमारको पिएसजीमा सन् २०२५ सम्मका लागि सम्झौता छ। तर सम्झौता सकिने २ वर्ष भन्दा बढी समय बाँकी रहँदै नेयमार पिएसजी छाडेर अन्यत्र जाने सम्भावना देखिएको रिपोर्टहरु पुनः बाहिर आइरहेका छन्।

गत समर ट्रान्सफर विन्डो देखि नै उनको नाम विभिन्न क्लबहरुसँग जोडिएको अवस्था छ। नेयमारलाई सबै भन्दा बढी प्रिमियर लिग क्लब चेल्सीले भित्र्याउन चाहेको दावी गरिएको छ। चेल्सीले आउने समर ट्रान्सफर विन्डोमा नेयमारका लागि कदम चाल्ने बताइन्छ।

तर प्रिमियर लिगका पूर्व खेलाडी स्टेनली भिक्टर कोलिमोर भने चेल्सीले नेयमारलाई भित्र्याउन नहुने बताउँछन्। उनका अनुसार चेल्सीलाई नेयमारको खाँचो छैन। एक मिडियाका लागि स्तम्भ लेख्नेक्रममा कोलिमोरले चेल्सीलाई नेयमार नभित्र्याउन सुझाव दिएका हुन्।

“नेयमारसँग नाम जोडिएका म्यानचेस्टर क्लब र चेल्सी कसैले पनि उनलाई भित्र्याउनु हुँदैन। चेल्सीको नयाँ प्रोजेक्टका लागि नेयमारको आवश्यकता पर्दैन। मलाई लाग्छ कि नेयमार एक उत्कृष्ट खेलाडी भएपनि चेल्सीमा सामेल हुनु भयानक कदम हुनेछ। चेल्सीले भविष्यलाई ध्यानमा राखेर योजना बनाइरहेको छ। यस्तोमा नेयमारलाई भित्र्याउनु गलत कदम हुन सक्छ।”,कोलिमोर आफ्नो स्तम्भमा लेख्छन्।

प्रकाशित : , ०, ००८:२४

सिरी ‘ए’ को उपाधि नापोलीको कब्जामा, अग्रता बढेको बढ्यै !