पेरिस सेन्ट जर्मेन (पीएसजी) ले किलियन एम्बाप्पेले क्लब छाडेको खण्डमा रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियरलाई सम्भावित प्रतिस्थापनका रूपमा हेरेको छ।
रियल म्याड्रिडको चासोको बीचमा, गत समरमा तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेपछि फ्रान्सेली अझै २०२५ सम्म पेरिसियनहरूसँग अनुबन्धित छन्। छोटो अवधिको प्रतिबद्धताको बावजुद फ्रेन्च क्लबमा अझै पनि डर छ कि एमबाप्पेले निकट भविष्यमा क्लब छोड्न सक्छन्। विश्व फुटबल कै कुरा गर्दा पनि फ्रेन्च फरवार्डलाई प्रतिस्थापन गर्ने कुनै खेलाडी छैनन् तर पीएसजी यसका लागि तयार हुँदैछ।
पेरिस क्लबले एमबाप्पेको ठाउँमा उपयुक्त विकल्पको रूपमा ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई पहिचान गरेका छन्। लस ब्लान्कोस विङ्गरलाई विश्व फुटबलका उत्कृष्ट युवा खेलाडीमध्ये एक मानिन्छ। रियल म्याड्रिडमा उनको प्रदर्शनबाट उनको मूल्य लगातार बढ्दै गएको छ। उनी २०२२ बालोन डी’ओर वरीयतामा आठौं स्थानमा थिए, पीएसजी फरवार्ड एमबाप्पे भन्दा दुई स्थान पछि।
ब्राजिलियनले स्पेनिस टोलीका लागि १९७ खेलमा ४७ गोल र ४८ असिस्ट गरेका छन्। तर भिनीसियस जुनियर म्याड्रिडमा महत्वपूर्ण खेलाडी रहेका छन्। उनलाई म्याड्रिडमा भविष्यका सुपरस्टारको रूपमा हेरिएको छ।