‘नेयमारले सम्मान गुमाए, अहिले कसैले पनि सम्मान गर्दैन’

एजेन्सी – फुटबल विश्लेषक ड्यानियल रियोलोले पेरिस सेन्ट जर्मेन(पिएसजी)का फरवार्ड नेयमारलाई अहिले कसैले सम्मान नगर्ने दावी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रियोलोले पिएसजी फरवार्ड नेयमारले सम्मान गुमाउँदै गएको बताएका हुन्।

आरएमसी स्पोर्ट्ससँगको कुराकानीका क्रममा रियोलोले बताएकी कि आफ्नै व्यवहारका लागि नेयमारले सम्मान गुमाउँदै गएका छन्। आफ्नै व्यवहारका कारण नेयमार पिएसजी समर्थकको निशानामा पर्ने गरेको उनले सुनाए।

“उनी आफ्नै घरेलु समर्थकको निशानामा आफूलाई पार्न सक्षमा छन्। गोल त गर्छन्, तर उनी कुनै न कुनै तरिकाबाट आफू खराब भएको देखाउँछन्। हामी अन्ततः थाहा पाउँछौँ कि उसको दिमाग खराब छ ठिक छैन।”,रियोलोले भने,”यी केटालाई अहिले कसैले पनि सम्मान गर्दैन।”

सोमबार राति पेस डे क्यासल विरुद्ध भएको खेलको ३३ औं मिनेटमा नेयमारले पिएसजीका लागि गोल गरेका थिए। गोल गरेपछि उनले गरेको सेलेब्रेसन पिएसजी समर्थकहरुलाई चित्त बजेन। जस कारण उनी विरुद्ध केहि पिएसजी समर्थकले हुटिङ गरेका थिए।

विश्वकप अगाडी उच्च लयमा रहेका नेयमार विश्वकप पछि भने उस्तै लयमा छैनन्। नेयमार विश्वकप पछि कम्जोर देखिएका छन्। जारी सिजनमा नेयमारले पिएसजीका लागि सबै प्रतियोगितामा २४ खेल खेलेका छन्। नेयमारले यस बीचमा १६ गोल गर्दा १५ असिस्ट दिएका छन्।

प्रकाशित : , ०, ००५:४९

जुडे बेलिङ्घम भित्र्याउन रियलको तिकडम, एक खेलाडी क्लबबाट आउट ! को ?