जुडे बेलिङ्घम भित्र्याउन रियलको तिकडम, एक खेलाडी क्लबबाट आउट ! को ?

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले जुडे बेलिङ्घमको ट्रान्सफरमा खेलाडी सट्टा-पट्टा गर्ने योजना बनाएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार रियलले जुडे बेलिङ्घमको ट्रान्सफरमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग ट्रान्सफर रकम सहित एक खेलाडी पनि अफर गर्ने भएको हो।

रियलले बेलिङ्घम डिलमा रियलका फ्रेन्च मिडफिल्डर एडुआर्डो क्यामाभिङ्गालाई पनि समावेश गर्ने योजना बनाएको स्पेनिस मिडियाहरुले जनाएका छन्। सो खबरलाई जर्मन मिडियाहरुले पनि प्रकाशित गरेका छन्।

स्पेनमा रहेका आफ्ना श्रोतहरुलाई हवाला दिँदै स्काई डचल्याण्डले बेलिङ्घम भित्र्याउनको लागि रियलले डर्टमण्डलाई रकम सँग-सँगै रियलका युवा मिडफिल्डर क्यामाभिङ्गा समेत अफर गर्ने तयारी गरिरहेको दावी गरेको छ।

सन् २०२० मा बोरुसिया डर्टमण्डमा आवद्ध भएयता बेलिङ्घम सबैभन्दा खोजिने मिडफिल्डर बनेका छन्। डर्टमण्ड गएयता उनले जुन किसिमको खेल प्रदर्शन गरिरहेका छन्, त्यसले पूरा विश्वको ध्यान तानिरहेको छ।

यति बेला युरोपका ठूला भन्दा ठूला क्लब बेलिङ्घमको पछि परेका छन्। उनलाई लिभरपुल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख लगायत क्लबहरुले भित्र्याउन चाहेका छन् भने रियल म्याड्रिड पनि उनलाई भित्र्याउने दौडमा रहेको छ।

धेरै क्लबले उनलाई आउने समर ट्रान्सफर विन्डोमा भित्र्याउने योजना बनाएका छन्। उनलाई भित्र्याउनको लागि धेरै क्लबहरु अहिले देखि नै तयारीमा जुटिसकेका छन् भने उनका लागि धेरै क्लब बीच कडा टक्कर हुनेछ।

ट्रान्सफर मार्केटका जानकारहरुका अनुसार उनलाई डर्टमण्डले १ सय ५० मिलियन युरो भन्दा कम मूल्यमा बिक्री गर्ने कमै सम्भावना रहेको छ। गत समर ट्रान्सफर विन्डोमै उनका लागि क्लबहरुले १ सय मिलियन युरो सम्मको बोलि लगाएका थिए।

प्रकाशित : , ०, ००७:०४

मेस्सीले खेल्ने भए कोपा अमेरिका २०२४, अर्को विश्वकप पनि खेल्ने सम्भावना !