एजेन्सी – ट्रान्सफर बजारका चर्चित जानकार फाब्रिजियो रोमानोले पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार लियोनेल मेस्सीबाट आफ्नो भविष्य बारे कुनै पनि नयाँ योजना नबनाएको स्पष्ट पारेका छन्।
लियोनेल मेस्सीले पिएसजी छाड्ने चर्चा चल्न थालेसँगै रोमानोले मेस्सीले क्लब परिवर्तनको कुनै पनि निर्णय नगरेको रोमानोले सामाजिक संजाल मार्फत जानकारी गराएका हुन्। रोमानोका अनुसार मेस्सीले पिएसजीमै थप समय बस्ने निर्णयमा कुनै पनि निर्णय गरिसकेका छैनन्।
मेस्सी पिएसजीसँगको सम्झौता थप गर्न सहमत भइसकेको र उनले आफ्नो निर्णयमा कुनै पनि परिवर्तन नगरेको रोमानोले जनाएका छन्। मेस्सी र पिएसजी बीच सम्झौता थपका विषयमा छिट्टै नै छलफल हुने रोमानोले सामाजिक संजाल मार्फत जानकारी गराएका छन्।
“लियो मेस्सीको अवस्था फेरिएको छैन। नयाँ सम्झौताको विषयमा छलफल गर्न छिट्टै नै पेरिसमा छलफल हुनेछ। सो छलफलले सम्झौताको अवधि सहित विभिन्न कुराहरुको टुंगो लगाउने छ।”,रोमानोले सामाजिक संजाल मार्फत भनेका छन्।
मेस्सी सन् २०२१ को समर ट्रान्सफर विन्डोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए। फ्री ट्रान्सफरमा पेरिस पुगेका उनले पहिलो सिजनमा खासै राम्रो प्रदर्शन गर्न भने सकेनन्। तर जारी सिजनमा भने मेस्सी उच्च लयमा रहेका छन्।
मेस्सीले यस सिजन पिएसजीका लागि २१ खेलमा १३ गोल गरिसकेका छन् भने १४ असिस्ट प्रदान गरेका छन्। मेस्सीले कतारमा सम्पन्न विश्वकपमा पनि उच्च प्रदर्शन गरेका थिए।
मेस्सीले विश्वकपमा ७ गोल गर्दा ३ असिस्ट दिन सफल भएका थिए। उनकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले विश्वकप जितेको थियो। विश्वकपमा उच्च प्रदर्शन गरेकै कारण उनी विश्वकपको उत्कृष्ट खेलाडी घोषित भएका थिए।