रासफोर्डको प्रशंसामा उत्रिए पूर्व प्रशिक्षक, भन्छन – ‘उनी जति राम्रो खेलाडी अहिले लिगमा कमै छन्’

एजेन्सी – टोटेनह्याम हटस्परका पूर्व प्रशिक्षक ह्यारी रेडक्नापले म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डको प्रशंसा गरेका छन्। एक स्तम्भ लेख्नेक्रममा रेडक्नापले रासफोर्डको प्रशंसा गरेका हुन्।

वर्तमान अवस्थामा रासफोर्ड जति राम्रो लयमा रहेका कमै खेलाडी मात्र रहेको रेडक्नापको भनाई छ। रासफोर्ड पहिला भन्दा धेरै आत्मविश्वासी देखिएको रेडक्नापले आफ्नो स्तम्भमा उल्लेख गरेका छन्।

रासफोर्ड धेरैले अपेक्षा गरेको स्तरमा देखिन थालेको रेडक्नापको विश्लेषण छ। रासफोर्डले आफ्नो लक्ष्यलाई राम्रोसँग बुझेर अगाडी बढिरहेको जस्तो देखिन थालेको रेडक्नापले स्तम्भमा स्पष्टसँग लेखेका छन्।

“लिगमा रासफोर्ड भन्दा राम्रो फर्ममा धेरै खेलाडीहरू छैनन्। उनी आत्मविश्वासले भरिएको देखिन्छन्। उनले आफ्नो लक्ष्यलाई राम्रोसँग बुझेर अगाडी बढिरहेको जस्तै देख्न सकिन्छ। उनलाई यस प्रकारको फर्ममा पाउनु पक्कै पनि राम्रो कुरा हो। उनी एक खेलाडीको रुपमा विकास हुँदैछन् जुन हामी सबैले सोचेका थियौं।”,स्तम्भ मार्फत रेडक्नापले भनेका छन्।

रासफोर्ड जारी सिजनमा उच्च लयमा देखिएका छन्। सबै प्रतियोगितामा उनले १७ गोल गरिसकेका छन्। विश्वकप पछि त उनी झनै राम्रो लयमा छन्। विश्वकपपछिका सबै खेलमा उनले गोल गरेका छन्। विश्वकपपछि उनको गोलसंख्या ९ छ।

प्रकाशित : , ०, ०१६:४५

हालान्ड, डे ब्रुएना नभएर लिभरपुल दिग्गजको नजरमा यी हुन् हाल प्रिमियर लिगका बेस्ट प्लेयर !