टुचेल रियल म्याड्रिडमा ? सिक्न थाले स्पेनिस !

एजेन्सी – चर्चित जर्मन प्रशिक्षक थोमस टुचेल स्पेन जाने तयारी गरिरहेको चर्चा गएको केहि समय देखि चलिरहेका छन्। युरोपबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले टुचेल अब लालिगा क्लबको जिम्मेवारी सम्हाल्ने पक्षमा रहेको दावी गरेका हुन्।

बाहिर आएका खबरलाई मान्ने हो भने टुचेल यति बेला स्पेनिस सिकिरहेका छन्। बार्सिलोना र रियल म्याड्रिड मध्ये एकको प्रशिक्षक बन्नको लागि टुचेलले स्पेनिस सिक्न थालेका हुन्।

गएको केहि महिना देखि टुचेल स्पेनिस सिकिरहेको बताइएको छ। चेल्सीबाट बाहिरिएदेखि नै उनले स्पेनिस सिक्न सुरु गरेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। स्काई जर्मनीका फ्लोरियन प्लेटेनबर्गको भनाईकी उदृत गर्दै टुचेल स्पेनिस सिकिरहेको खबर धेरै मिडियाहरुमा आएका छन्।

गत सेप्टेम्बरमा चेल्सीले टुचेललाई बर्खास्त गरेको थियो। च्याम्पियन लिगमा चेल्सीको कम्जोर प्रदर्शन सँगै चेल्सीले टुचेललाई बर्खास्त गरेको हो। चेल्सीबाट बाहिरिएदेखि टुचेल खालि छन्। अहिले सम्म उनी कुनै पनि क्लबमा आवद्ध भएका छैनन्।

टुचेललाई युरोपका विभिन्न क्लबहरुले क्लबको जिम्मेवारी दिन चाहेका छन्। तर टुचेल भने लालिगाका ठूला क्लबको प्रस्ताव कुरेर बसिरहेका छन्। उनले क्याटलान क्लब बार्सिलोना र रियल म्याड्रिड मध्ये एकबाट प्रस्ताव आउने आशा राखेका छन्।

प्रशिक्षकको रुपमा टुचेलले बरुसिया डर्टमण्ड, पेरिस सेन्ट जर्मेन(पिएसजी) र चेल्सीमा काम गरिसकेका छन्। टुचेलले पिएसजीलाई च्याम्पियन्स लिगको फाइनल सम्म पुर्याउन सफल भएका थिए भने चेल्सीलाई च्याम्पियन्स लिग उपाधि दिलाएका थिए।

प्रकाशित : , ०, ०१३:४०

युभेन्टसमा रोनाल्डोको स्थान लिन पुगेका खेलाडीको रियल जाने रहर !