मेस्सी-नेयमार-एम्बाप्पे भएर पनि पुगेन पीएसजीलाई, अर्को पनि स्टार फरवार्डको खोजीमा जुट्यो !

पाब्लो साराबिया प्रिमियर लिग क्लब वुल्भ्ससँग अनुबन्ध भएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) नयाँ विंगरको खोजीमा रहेको प्रशिक्षक क्रिस्टोफर ग्याल्टियरले पुष्टि गरेका छन्।

साढे ३ वर्षअघि १८ मिलियन युरोमा अनुबन्ध गरेको स्पेनिस स्टारको बिक्रिबाट पीएसजीले करिब ५ मिलियन आफ्नो पोल्टामा परेको छ। पुर्व सेभिल्ला स्टारले इंगलिस क्लबसँग साढे दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्। फ्रेन्च प्रशिक्षकले उनलाई प्राय: विंग तथा नम्बर १० को रूपमा खेलाउँदै आएका थिए। यसको मतलब उनको प्रस्थानपछि पीएसजीसँग अब विंगमा खेल्न मेस्सी, नेयमार र एम्बाप्पे बाहेक कुनै पनि खेलाडी छैन।

विंगर कै कमीका कारण जारी सिजन मेस्सी वा नेयमारको अनुपस्थितिमा ग्याल्टियर दुई स्ट्राइकरका साथ खेल्न बाध्य हुँदै आएका छन्। एसैबाच, अब भने फ्रेन्च च्याम्पियन नयाँ विंगरका लागि ट्रान्सफर बजारमा उत्रिएको पीएसजी प्रशिक्षकले बताएका छन्। कुप डे ला लिगको अन्तिम ३२ को खेलअघि पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “हामी विंगरको खोजीमा रहेका छौं, जो अग्लो, बलियो, दुवै खुट्टाले खेल्न सक्ने र हावामा पनि बलियो छ।”

ग्याल्टियरले यसै भन्दै गर्दा बार्सिलोना विंगर उसमने डेमबेलेलाई संकेत गरेका हुन् कि हैनन् त स्पष्ट छैन तर उनको टिप्पणी सुन्दा धेरैको दिमागमा पूर्व डर्टमण्ड स्टारको नाम आउनसक्छ। पछिल्लो केही समय देखि बार्सिलोना स्टारको नाम पीएसजीसँग जोडिएको छ। दुवै खुट्टाका साथ बराबर प्रभाव पार्न सक्ने फ्रेन्च स्टारको बार्सिलोनासँग १८ महिनाको सम्झौता बाँकी रहेको छ।

प्रकाशित : , ०, ०१३:२८

टुचेल रियल म्याड्रिडमा ? सिक्न थाले स्पेनिस !