यी ५ खेलाडी जसले सिजनको दोस्रो हाफमा गर्न सक्छन् चमत्कार, चेल्सी हुनसक्छ अब आगो !

गत सिजनको बीचमा रोमन अब्रामोभिचले छाडेपछि चेल्सी समर्थकले नयाँ क्लब मालिकले रसियन मालिकले जसरी खर्च नगर्ने सोचेको हुनुपर्छ। तर टड बोहलीको कन्सोर्टियम क्लबको नयाँ मालिक बनेदेखि चेल्सीले ट्रान्सफर विन्डोमा लगभग ५०० मिलियन खर्च गरिसकेको छ।

लन्डन क्लबमा सामेल हुने नयाँ खेलाडीमा नोनी मादुएके र मिखाइलो मुद्रिक रहेका छन्, जसलाई चेल्सीले ८८ मिलियनमा युक्रेनी क्लब साक्टर डोनेक्सबाट भित्र्याएको हो। तर विभिन्न रिपोर्टका अनुसार जनवरी ट्रान्सफर विन्डोमा १० दिन बाँकी रहँदा चेल्सी यति मै रोकिने वाला छैन। ग्राहाम पोटरको टोली हाल प्रिमियर लिगको १० औं स्थानमा रहेको छ। उनीहरु हाल लिग लिडर आर्सनल भन्दा १८ अंकले पछि रहेका छन्।

त्यस्तै, टप ४ पनि चेल्सीको हातबाट फुत्किने सम्भावना रहेको छ। ब्लुस चौंथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भन्दा ११ अंकले पछाडी परेका छन्। जारी सिजन उनीहरुले लिगको टप हाफमा अ रहेका टोली मध्ये सबैभन्दा कम गोल (२२) गरेका छन्। निकै कठिन देखिने टप ४ मा रहँदै सिजन समाप्त गर्ने हो भने चेल्सीले सिजनको दोस्रो हाफमा निकै उत्कृष्ट पुनरागमन गर्नुपर्ने हुनसक्छ। र टोलीमा नयाँ तथा प्रतिभावान खेलाडी थपिँदै गर्दा यो असम्भव भने छैन।

यस्तोमा, चेल्सीलाई सिजनको दोस्रो हाफमा निकै उत्कृष्ट पुनरागमन गराउनका लागि केही खेलाडीले जिम्मेवारी लिनुपर्ने र निकै सानदार खेल्नुपर्नेछ। यी हुनसक्छन् ती ५ खेलाडी…

५. हाकिम जिएच 

४. रिस जेम्स 

३. बेनुवा बदियासेली 

२. जोआओ फेलिक्स 

१. मिखाइलो मुद्रिक 

प्रकाशित : , ०, ०१२:३०

मेस्सी-नेयमार-एम्बाप्पे भएर पनि पुगेन पीएसजीलाई, अर्को पनि स्टार फरवार्डको खोजीमा जुट्यो !