एजेन्सी – जिनेदिन जिदानले पोर्चुगल, ब्राजिल, संयुक्त राज्य अमेरिका, कतार र युनाइटेड अरब इमिरेट्सबाट प्रशिक्षक बन्न आएको प्रस्तावलाई सिधै रिजेक्ट गरका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार जिदानले पाँच देशबाट प्रशिक्षक बन्न आएका प्रस्तावलाई सिधै अस्विकार गरेका हुन्।
रियल म्याड्रिड छाडे देखि खालि रहेका जिदानलाई विश्वकप सकिने बितिकै पाँच देशले प्रस्ताव पठाएको भएपनि उनले एक प्रस्ताव पनि स्वीकार गरेका छैनन्। दुई पटक रियल म्याड्रिडको प्रशिक्षकको जिम्मेवारी सम्हालेका जिदानले केहि समय अगाडी सम्म मात्रै उनले फ्रान्सको राष्ट्रिय टोली सम्हाल्ने चर्चा थियो।
तर फ्रान्सले वर्तमान प्रशिक्षकसँगै अगाडी बढ्ने निर्णय गरिसकेको छ। यससँगै अब जिदानले नयाँ टोलीको खोजि गर्नुपर्ने भएको छ। हालको अवस्थामा जिदानलाई धेरै टोलीहरुले प्रशिक्षकको जिम्मेवारी दिने योजना बनाइरहेका छन्।
यसैबीच जिदान भित्र्याउने दौडमा इटालियन क्लब युभेन्टस पनि सामेल हुने खबर आएको छ। इटाली तथा फ्रान्सबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले जिदान युभेन्टसको सम्भावित प्रशिक्षकको रुपमा देखा परेको दावी गरेका छन्।
फ्रेन्च पत्रिका ले इक्विपका अनुसार जिदानले युभेन्टसमा मासिमिलियानो एलेग्रीको स्थान लिन सक्छन्। इटालियन दिग्गज युभेन्टसले गएको केहि समय देखि कम्जोर प्रदर्शन गरिरहेको छ। च्याम्पियन्स लिगको जारी सिजनमा युभेन्टस समूहचरणबाटै बाहिरिएको थियो। युभेन्टसले जिदानलाई क्लबको दिर्घकालिन परियोजनाको जिम्मेवारी दिने सोच बनाएको बतान्छ।
रियलको प्रशिक्षक हुँदा जिदानले च्याम्पियन्स लिग, लालिगा, क्लब विश्वकप, स्पेनिस सुपर लिग सहितका विभिन्न उपाधिहरु जितेका थिए। जिदानले दुई पटक रियलको जिम्मेवारी सम्हालेका थिए।