टुचेललाई चाहिएन चेल्सी, बार्सिलोना र रियलबाट प्रस्ताव आए भने पछि नहट्ने !

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीका पूर्व प्रशिक्षक थोमस टुचेल टोटेनहम हटस्परको प्रशिक्षक हुन तयार नरहेको खुलासा भएको छ। एक जर्मन पत्रकारले टुचेल टोटेनहम हटस्परको प्रशिक्षक नरहेको खुलासा गरेका हुन्।

स्काई जर्मनीका फ्लोरियन प्लेटेनबर्गका अनुसार टुचेल टोटेनहम भन्दा पनि अन्य क्लबको प्रशिक्षक बन्न इच्छुक रहेका छन्। टुचेल लालिगा क्लबहरुबाट प्रस्ताव आउने आशामा कुरिरहेको प्लेटेनबर्गले जनाएका छन्।

गत सेप्टेम्बरमा चेल्सीले टुचेललाई बर्खास्त गरेको थियो। च्याम्पियन लिगमा चेल्सीको कम्जोर प्रदर्शन सँगै चेल्सीले टुचेललाई बर्खास्त गरेको हो। चेल्सीबाट बाहिरिएदेखि टुचेल खालि छन्। अहिले सम्म उनी कुनै पनि क्लबमा आवद्ध भएका छैनन्।

टुचेललाई युरोपका विभिन्न क्लबहरुले क्लबको जिम्मेवारी दिन चाहेका छन्। तर टुचेल भने लालिगाका ठूला क्लबको प्रस्ताव कुरेर बसिरहेका छन्। उनले क्याटलान क्लब बार्सिलोना र रियल म्याड्रिड मध्ये एकबाट प्रस्ताव आउने आशा राखेका छन्।

टुचेल बार्सिलोनाको युवा एकेडेमी, ला मासियाको ठूलो प्रशंसक हुन्। उनले ब्लुग्रानाका पूर्व प्रशिक्षक पेप गार्डिओलालाई पनि उच्च सम्मानमा गर्छन्। त्यस्तै रियल म्याड्रिड चाँडै नै नयाँ व्यवस्थापकको खोजिमा जुट्न सक्ने अवस्था छ।

लस ब्लान्कोसले गत सिजन कार्लो एन्सेलोटीको नेतृत्वमा ला लिगा र यूईएफए च्याम्पियन्स लिग जितेको थियो। तर, टोलीले यो सिजन अहिलेसम्म त्यो फर्म पुन: निर्माण गर्न संघर्ष गरिरहेको छ। क्लबसँग एन्सेलोटीको हालको सम्झौता २०२४ को गर्मीमा समाप्त हुनेछ।

इटालियनले यसअघि आफ्नो हालको सम्झौताको म्याद सकिएपछि सन्यास लिने इच्छा व्यक्त गरिसकेका छन्। यस्तोमा उनले रियलमा एन्सेलोटीको स्थान लिन सक्छन्।

प्रकाशित : , ०, ०१६:३६

जिदान भित्र्याउने दौडमा थपियो अर्को क्लब !