बार्सिलोना छाडेर एट्लेटिको पुग्दा यी खेलाडीसँग भयो डिपेको तुलना !

एजेन्सी – एट्लेटिको म्याड्रिडका प्रबन्धक डिएगो सिमोनीले डच फरवार्ड मेम्फिस डेपेलाई पूर्व चेल्सी फरवार्ड डिएगो कोस्टासँग तुलना गरेका छन्। एक पत्रकार सम्मेलनका क्रममा सिमोनीले डिपेलाई कोस्टासँग तुलना गरेका हुन्।

सन् २०२१ को समर ट्रान्सफर विन्डोमा क्याटलान क्लब बार्सिलोना आइपुगेका डिपे हालसालै एट्लेटिको पुगेका छन्। बार्सिलोनामा खेल्ने मौका पाउन नसकेपछि डिपे एट्लेटिको पुगेका हुन्।

यसै सिजनको अन्त्यमा बार्सिलोनाको सम्झौता सकिँदै गरेको भएपनि डिपे जनवरी ट्रान्सफर विन्डोमै एट्लेटिको पुगे। एट्लेटिकोले डिपेका लागि ३ मिलियन युरो खर्च गरेको बताइएको छ। डिपे फ्री ट्रान्सफरमा बार्सिलोना पुगेका थिए।

शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा सिमोनीले कोस्टा जस्तै डिपे पनि गोल गर्न सक्षमा रहेको बताए। कोस्टा जस्तै दोस्रो स्ट्राइकरको रुपमा खेल्दा पनि गोल गरेका कारण डिपे पनि नम्बर ९ को रुपमा खेलिरहेको सिमोनीको भनाई छ।

“म उनलाई स्ट्राइकरको रूपमा देख्छु जो एक्लै अगाडि वा पछाडि खेल्न सक्छन्। उनी कोस्टासँग मिल्दोजुल्दो छन्। उनी कोस्टासँग मिल्दोजुल्दो छन्। जो दोस्रो स्ट्राइकरको रूपमा सुरु गर्ने स्ट्राइकर थिए, तर नियमित रूपमा गोल गर्ने र विस्फोटक भएकाले उनी नम्बर ९ बने।”,सिमोनीले भने।

कोस्टा सन् २००७ मा ब्रागाबाट मात्र डेढ मिलियन यूरोमा क्लबमा सामेल भएपछि एट्लेटिकोका लागि महत्वपूर्ण खेलाडी बनेका थिए। उनले एट्लेटिकोमा ६ वर्ष बिताएका थिए। त्यहाँबाट ३८ मिलियन युरोमा चेल्सी पुगेका थिए। पछि त्यहाँबाट सन् २०१८ मा उनी पुनः एट्लेटिको फर्किएका थिए।

प्रकाशित : , ०, ००९:५१

प्रिमियर लिग जितेरै छाड्ने योजनामा आर्सनल, रियलका युवा स्टार भित्र्याउने प्रयास सुरु !