ओरालो लागेको लिभरपुललाई राहत !

एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा लिभरपुलले शनिबार चेल्सीको सामना गर्दैछ। प्रिमियर लिगको जारी सिजनमा कम्जोर प्रदर्शन गरिरहेका लिभरपुल र चेल्सी शनिबार आमने-सामने हुन लागेका हुन्।

चेल्सी र लिभरपुल यति बेला लिगको १० औं र नवौं स्थानमा रहेका छन्। दुवैलाई शनिबार जित चाहिनेछ। शिर्ष चारको दौडमा रहनको लागि दुवै टोलीलाई जित चाहिएको छ।

चेल्सीले प्रिमियर लिगका १९ खेलबाट २८ अंक बटुल्द लिभरपुलले एक कम खेलबाट २८ अंक नै बटुलेको छ। दुवै टोलीले अहिले सम्म ८-८ जित निकालेका छन्।

यसै बीच लिभरपुल र चेल्सी बीचको खेल हुनु भन्दा अगाडी लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले क्लबका युवा स्टार डार्विन नुनेजको अवस्था बारे अपडेट दिएका छन्। क्लोपका अनुसार नुनेज चेल्सी विरुद्धको खेलका लागि उपलब्ध हुन सक्छन्।

खेल अगाडीको पत्रकार सम्मेलनका क्रममा क्लोपले नुनेज चेल्सी विरुद्धको खेलका लागि उपलब्ध हुन सक्ने बताएका हुन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा क्लोपलाई के नुनेज चेल्सीको सामना गर्ने टोलीका लागि छनौट हुन सक्छन् भनेर प्रश्न गर्दा क्लोपले सकारात्मक उत्तर दिए।

प्रकाशित : , ०, ००८:२३

रोनाल्डो सहित विभिन्न खेलाडीहरु भित्र्याउँदा गरेको गल्तीका कारण फस्यो युभेन्टस !