जब नेयमारले मेस्सीलाई पेनाल्टी अफर गरे … [भिडियो सहित]

एजेन्सी – साउदी अरबमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी) को मैत्रीपूर्ण खेलको पहिलो हाफमा पिएसजीले पेनाल्टीको अवसर पायो। इन्ज्युरी समयमा नेयमारलाई पेनाल्टी क्षेत्र भित्र लडाइएपछि पिएसजीले पेनाल्टी पाएको थियो।

नेयमारलाई लडाइएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पिएसजीलाई पेनाल्टी दिएका थिए। पिएसजीले पेनाल्टी पाएपछि नेयमारले पिएसजीका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई पेनाल्टी अफर गरेका थिए।

तर मेस्सीले पेनाल्टी लिन अस्विकार गरे। मेस्सीले पेनाल्टी लिन नमानेपछि सो पेनाल्टी नेयमारले नै प्रहार गरे। तर नेयमारले पेनाल्टीको मौकालाई सहि सदुपयोग गर्न सकेनन्।

नेयमारको पेनाल्टी गोलरक्षक अल ओवाइसले बचाए। नेयमारले पेनाल्टीमा गोल गर्न सकेको भए पिएसजीको अग्रता थप हुन्थ्यो। नेयमारले पेनाल्टी लिँदाको अवस्थामा पिएसजी २-१ ले अगाडी थियो।

पिएसजीको तर्फबाट मेस्सी र माक्विनहोसले गोल गरिसकेका थिए। मेस्सीले खेलको तेस्रो मिनेटमा तथा माक्विनहोसले ४३ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै रियाद सिजन टोलीको तर्फबाट भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए। उनले पेनाल्टीमा गोल गरेका थिए।

बिहिबार राति भएको खेलमा कुल ९ गोल भएका थिए। खेलभर ८ खेलाडीले गोल गरेका थिए। त्यसमध्ये रोनाल्डोले दुई गोल गरेका थिए। जसले पछि गएर म्यान अफ द म्याचको उपाधि पनि जिते।

नेयमार पेनाल्टीमा चुकेपनि फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले भने पेनाल्टीमा गोल गर्न सफल भए। उनले खेलको ६० औं मिनेटमा गोल गरेका थिए। त्यस्तै पिएसजीको तर्फबाट सर्जियो रामोस र ह्युगो एकिटिकेले गोल गरेका थिए। रियाद सिजन टोलीका लागि रोनाल्डो बाहेक जाङ ह्युन सुले गोल गरेका थिए।

 

प्रकाशित : , ०, ०१७:४९

यी १० क्लबले गरे २०२२ सबैभन्दा धेरै कमाई, भरे आफ्नो ढुकुटी !