यी १० क्लबले गरे २०२२ सबैभन्दा धेरै कमाई, भरे आफ्नो ढुकुटी !

फुटबल विश्व कै सबैभन्दा धेरै हेरिनेका साथै सबैभन्दा बढी पैसा सम्मिलित खेल पनि हो। विश्व कै एक नम्बरमा पर्ने यो खेलको सेन्टरको रूपमा युरोपलाई मानिन्छ।

वर्तमान समयमा हेर्ने हो भने पनि युरोपका ठूला क्लब विश्व कै सबैभन्दा प्रख्यात क्लबमा पर्छन् र उनीहरुले नै सबैभन्दा धेरै कमाई गर्दै आएका छन्। कुनै पनि क्लबले प्रसारण अधिकार, प्रायोजन र अनेक सम्झौताहरू मार्फत मोटो रकम कमाउने गरेका छन्। कोभिड-१९ को महामारीपछि स्टेडियममा दर्शन फर्किए पाश्चात टिकेट विक्रीका साथै अन्य थुप्रै माध्यम पनि थपिएका छन्।

विश्व फुटबलको परिदृश्यलाई हेर्ने हो भने सबैभन्दा प्रख्यात क्लब युरोपका टप ५ लिगमा खेल्दै आएका छन् र उनीहरुको कमाई पनि अन्य क्लबको भन्दा निश्चित रूपमा ठूलो रहेको छ। यसैबीच, डेलोइट फुटबल मनी लिगले युरोपका टप ५ लिगमा खेल्ने क्लबको राजस्वको विश्लेषण गरेको छ। उनीहरुका अनुसार यी हुन् सबैभन्दा धेरै कमाई गर्ने शीर्ष क्लब….

१०. आर्सनल – ४३३.५ मिलियन युरो 

हाल प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले गत सिजन तालिकाको पाचौँ स्थानमा सिजनको समाप्ति गरेको थियो। गनर्सले गत वर्ष खेलाडी अनुबन्ध गर्न € २२१.९ मिलियन खर्च गर्दा खेलाडी बिक्री मार्फत € ५३.३ मिलियन कमाई रहेको थियो।

९. टोटनह्याम हट्सपर – ५२३ मिलियन युरो 

अर्को लन्डन क्लब टोटनह्यामले गत सिजन लिगमा आर्सनल भन्दा एक स्थान माथि रहेर सिजनको अन्त्य गरेको थियो। लिगको अन्तिम खेलमा आर्सनललाई पछि पार्दै उनीहरु च्याम्पियन्स लिगका लागि छनोट भएका थिए। उनीहरुले खेलाडी अनुबन्ध गर्न €१९०.२ मिलियन खर्च गर्दा खेलाडी बेचेर €३७.६ मिलियन भित्र्याएका थिए।

८. चेल्सी – ५६८.३ मिलियन युरो 

२०२१-२२ सिजनमा औसत प्रदर्शन गरेको चेल्सी प्रिमियर लिगमा तेस्रो स्थानमा रहँदा युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल सम्मको यात्रा तय गरेको थियो। तर जारी सिजनको सुरुवातमा नै तत्कालिन थोमस टुचेललाई बर्खास्त गरेपछि नियुक्त भएका ग्राहम पोटरको अन्डरमा चेल्सी निकै फितलो देखिँदै आएको छ।

७. बार्सिलोना – ६३८.२ मिलियन युरो 

हाल निकै कठिन स्थितिमा रहेको बार्सिलोना निकै खराब आर्थिक संकटसँग जोधिरहेको छ। आर्थिक स्थितिलाई इन्कार गर्ने हो भने मैदानमा जाभीको टोली निकै सुधारिएको प्रदर्शन गर्दै आएको छ। गत सिजन स्पेनिस लालिगामा दोस्रो स्थानमा रहेको बार्सिलोना हाल लिगको शीर्ष स्थानमा रहेको छ।

६. बार्यन म्युनिख – ६५३.६ मिलियन युरो 

गत सिजन च्याम्पियन्स लिगको अन्तिम ८ मा भिल्लारियलसँग अप्रत्यासित हार बेहोर्दै प्रतियोगिताबाट बहिरिएपनि बार्यन म्युनिखले आफ्नो घरेलु दबदबा भने कायम नै राख्यो। जारी सिजन प्पानी लिगको अग्र स्थानमा रहेको बार्यन च्याम्पियन्स लिगमा पनि प्रबल दाबेदार मध्ये एक रहेको छ।

५. पेरिस सेन्ट जर्मेन (पीएसजी) – ६५४.२ मिलियन युरो 

मेस्सी-नेयमार-एम्बाप्प्पे जस्ता सुपरस्टार खेलाडीले भरिएको पेरिस क्लब हाल विश्व कै सबैभन्दा उत्कृष्ट टिम मध्ये एकमा पर्छ। उनीहरुलाई जारी सिजनको च्याम्पियन्स लिग जित्न प्रमुख दाबेदारको रूपमा हेरिएको छ भने लिग १ मा पनि आफ्नो दबदबा कायम राख्न ब्याक गरिएको छ।

४. म्यानचेस्टर युनाइटेड – ६८८.६ मिलियन युरो 

विश्व कै सबैभन्दा प्रख्यात क्लब मध्ये एक हो म्यानचेस्टर युनाइटेड। गत सिजन निकै खराब प्रदर्शन गर्दै लिगको छैठौं स्थानमा रहेको युनाइटेडले यस सिजनका लागि च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गर्न सकेन। नयाँ प्रशिक्षक एरिक टेन ह्यागको नेतृत्वमा भने उनीहरु हाल निकै उत्कृष्ट लयमा रहेका छन्।

३. लिभरपुल – ७०१.७ मिलियन युरो 

गत सिजन हरेक सम्भव खेल खेलेको लिभरपुलले २ उपाधि जितेको थियो भने च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडसँग पराजित भएको थियो। त्यस्तै, प्रिमियर लिगमा पनि रेड्स म्यानचेस्टर सिटी भन्दा एक मात्र अंकले पछि परेका थिए। जारी सिजन भने उनीहरु लिगको टप ४ मा आउन पनि निकै संघर्ष गरिरहेका छन्।

२. रियल म्याड्रिड – ७१३.८ मिलियन युरो 

युरोपको राजा मानिने रियल म्याड्रिडले गत सिजन युरोपियन डबल गरेको थियो। कसैले नसोचेको परिस्थितिबाट पनि लगातार कम्ब्याक माथि कम्ब्याक गर्दै अन्तत: कार्लो एन्सेलोटिको टोलीले १४ औं पटक च्याम्पियन्स लिगको उपाधि उचाल्न सफल भयो। त्यस्तै, म्याड्रिड गत सिजन स्पेनिस ला लिगा पनि जित्न सफल भएको थियो।

१. म्यानचेस्टर सिटी – ७३१ मिलियन युरो 

साबिक प्रिमियर लिग विजेता म्यानचेस्टर सिटी गत केही वर्षदेखि युरोप कै सबैभन्दा खतरनाक टोली बनेको छ। गत सिजन च्याम्पियन्स लिगको सेमीफाइनलमा रियल म्याड्रिडसँग पराजित भएको सिटी लगातार दोस्रो पटक लिग उपाधि जित्न सफल भएको थियो।

प्रकाशित : , ०, ०१८:३६

यी तीन उपाय, जसले लिभरपुललाई बचाउन सक्छ !