जब मार्टिनेजले मेस्सीको आइकनिक सेलेब्रेसन कपि गरे … [भिडियो सहित]

एजेन्सी – गएराति इटालियन सुपरकपको फाइनलमा इन्टर मिलानले एसी मिलानलाई पराजित गर्यो। बलमा कम नियन्त्रण राखेर पनि इन्टरले एसी मिलानलाई पराजित गर्दै इटालियन सुपरकपको फाइनल जितेको हो।

खेलभर बलमा कम नियन्त्रण राखेपनि इन्टरले धेरै राम्रो आक्रमण गर्यो। खेलभर बलमा इन्टरको मात्रै ३४ प्रतिशत नियन्त्रण थियो। खेलभर इन्टरले कुल १२ प्रहार गरेको थियो। त्यसमध्ये ६ प्रहार टार्गेटमा थिए। त्यसमध्ये तीन प्रहार गोलमा परिणत भएका थिए।

यस्तै एसी मिलानको तर्फबाट भने १४ प्रहार हुँदा ३ प्रहार मात्रै टार्गेटमा थिए। त्यसमा एक प्रहार पनि गोलमा परिणत हुन सकेनन्। एसी मिलान विरुद्ध इन्टरका तीन फरक खेलाडीले गोल गरेका थिए।

फेडेरिको डिमार्को, इडेन जेको र लाउटारो मार्टिनेज गरी तीन खेलाडीले गोल गर्दा इटालियन सुपरकप उपाधि इन्टरले जित्यो। इन्टरले खेलको १० औं, २१ औं र ७७ औं मिनेटमा गोल गर्न सफल भएको थियो।

खेलको अन्तिम गोल मार्टिनेजले गरेका थिए। अर्जेन्टिनी फरवार्डले गोल गरेपछि अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीको आइकनिक गोल सेलेब्रेसनलाई कपि गरे।

सन् २०१७ को अप्रिलमा सान्टियागो बर्नाबेउमा भएको एल क्लासिको अन्तिम मिनेटमा गोल गरेपछि मेस्सीले आफ्नो जर्सी खोलेर रियल म्याड्रिडका फ्यानहरूका अगाडि देखाएका थिए। त्यसपछि सो सलेब्रेसन धेरै खेलाडीहरुले कपि गरिसकेका छन्। बुधबार राति भएको खेलमा मार्टिनेजले पनि सो सेलेब्रेसनको कपि गर्दै गोलको खुशियाली मनाए।

प्रकाशित : , ०, ०२१:०९

मेस्सी, एम्बाप्पे, नेयमार सबैलाई पछि पार्दै रोनाल्डो बने म्यान अफ द म्याच !