एजेन्सी – बार्सिलोनाका पूर्व स्ट्राइकर लुइस सुआरेजले अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र आफूले जीवनका धेरै योजनाहरु सँगै बनाएको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा सुआरेजले सन् २०१८ मा आफू र मेस्सीले जीवनका धेरै योजनाहरु सँगै बसेर बनाएको बताएका हुन्।
सन् २०१८ देखि नै मेस्सी र आफूले सँगै बार्साबाट सन्यास लिने देखि पछि सँगै अमेरिकन लिगमा खेल्ने सम्मका योजना बनाएको सुआरेजले बताए। तर पछि सोचेजस्तो नभएको सुआरेजको भनाई छ। सुआरेजले सो अन्तर्वार्ताका क्रममा बताएकी मेस्सी र उनी मिलेर धेरै योजनाहरुसँगै बनाएका थिए।
“हामी सन् २०१८ देखि मेस्सी र म सँगै फुटबल करियरको अन्त्य गर्ने बारे सोचिरहेका थियौं। हामीले जीवनका धेरै योजना सँगै बनाएका थियौं। हामी बार्साबाट सँगै सन्यास लिन चाहन्थ्यौं, सँगै एमएलएसमा खेल्न चाहन्थ्यौं। तर भनेको जस्तो कहाँ हुँदो रहेछ। मैले बार्सिलोना छाडेपछि उनले पनि बार्सिलोना छोडे। अहिले हाम्रो छुट्टा-छुट्टै बाटो छ।”,सुआरेजले एक अन्तर्वार्ताका क्रममा भने।
अन्तर्वार्ताका क्रममा सुआरेजले मेस्सी र आफूले करियर सँगै समाप्त गर्ने देखि जीवन कसरी जिउने भन्ने योजनाहरु पनि बनाएको बताए। तर भाग्यले आफूहरुलाई छुट्टा-छुट्टै बाटोमा हिड्न बाध्य बनाएको सुआरेजको भनाई छ।
उनले भने,”सन् २०१८ मा मेस्सी र मैले जीवनको पछि सम्मका लागि योजनाहरु बनाएका थियौं। हाम्रो करियर सँगै समाप्त गर्ने योजना थियो। तर हाम्रो भाग्यले छुट्टा-छुट्टै मोड लियो। आशा गरौँ केही वर्षमा हामी सँगै हुनेछौं। यद्यपि मलाई थाहा छैन कि फुटबलमा चाहिँ के हुन्छ ? हामी सँगै खेल्छौं कि खेल्दैनौं भन्ने ठेगान छैन।”
सुआरेजले सन् २०२०-२१ को सिजनको सुरुमा बार्सिलोना छाडेका थिए। उनले अपमानित ढंगबाट बार्सिलोना छाड्नुपरेको थियो। त्यहाँबाट उनी लालिगाकै एट्लेटिको म्याड्रिड पुगे। एट्लेटिकोलाई उनले लालिगा उपाधि जित्न मद्दत गरे। एट्लेटिकोबाट उनी आफ्नो पूर्व क्लब नासियोनल फर्किएका थिए।
त्यहाँ लगभग ६ महिना रहेपछि सुआरेज ब्राजिल पुगिसकेका छन्। सुआरेज गत महिनामा उरुग्वेको क्लबमा नासियोनलबाट नि:शुल्क ट्रान्सफरमा ब्राजिलियन क्लब ग्रेमियोमा सामेल भएका हुन्। उनी त्यहाँ सन् २०२४ सम्म रहनेछन्।