एजेन्सी – लालिगाको डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले लालिगाको महत्वपूर्ण खेलमा भिल्लारियलको सामना गर्दैछ। रियल र भिल्लारियल भिल्लारियलको घरेलु मैदानमा आमने-आमने हुने भएका हुन्।
शिर्ष स्थानबाट तीन अंकले पछि परिरहेको रियल भिल्लारियल विरुद्ध पक्कै पनि अंक गुमाउने पक्षमा हुने छैन। लालिगाको उपाधि होडमा रहिरहनको लागि रियल जित्नै पर्ने दबाबमा हुनेछ।
तर भिल्लारियल विरुद्धको खेलमा रियलले पाँच खेलाडी गुमाउने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार चोटका कारण भिल्लारियल विरुद्धको खेलका लागि रियलका पाँच खेलाडी उपलब्ध हुने छैनन्।
भिल्लारियल विरुद्धको खेल गुमाउने सम्भावना रहेका खेलाडीहरुमा लुका मोड्रिच, डेभिड अलाबा, ओरेलियन चुआमेनी, ड्यानी कारभाजल र लुकास भाज्क्वेज रहेका छन्।
मोड्रिच यस सिजन रियल मड्रिडका लागि महत्वपूर्ण भूमिका खेलेका छन् र मिडफिल्डमा उनको अनुपस्थिति पक्कै पनि खड्किनेछ। उनले प्रतियोगितामा २२ खेलमा पाँच गोल र दुई असिस्ट दिएका छन्।
अलाबा यस बीचमा रियलको डिफेन्सको नियमित स्टार्टर रहेका छन्। २३ खेलमा उनले रियलका लागि यस सिजन उनले दुई गोल गर्दा र तीन असिस्ट दिएका छन्। चुआमेनी जनवरी ९ को प्रशिक्षणका क्रममा घाइते भएका थिए।
मुन्डो डिपोर्टिभोका अनुसार, राइट ब्याक ड्यानी कार्भाजलले जनवरी १० मा प्रशिक्षण गुमाएका थिए। उनी कोपा डेल रे खेलका साथै एथलेटिक क्लब विरुद्ध रियल म्याड्रिडको अर्को ला लिगा खेलका लागि उपलब्ध हुन सक्छन्।
स्पेनिस सुपर कपमा भ्यालेन्सियाविरुद्धको खेलमा भाजक्वेजको घुँडामा चोट लागेको थियो। उनले आगामी छ हप्ता गुमाउने अपेक्षा अनुमान गरिएको छ। उनी युइएफए च्याम्पियन्स लिग राउन्ड अफ १६ को लिभरपुल र अर्को महिना म्याड्रिड डर्बीका लागि प्रतिस्पर्धाबाट बाहिर हुनेछन्।