लियोनल मेस्सी विरुद्ध क्रिस्टियानो रोनाल्डो मध्ये को उत्कृष्ट खेलाडी भन्ने बहसले पछिल्लो दशकमा धेरै फुटबल व्यक्तित्वहरूको ध्यान खिचेको छ, जसमा रियल म्याड्रिड र ब्राजिलका पूर्व फरवार्ड रोनाल्डो नाजारियो पनि रहेका छन्।
नोभेम्बर २०२० मा एक अन्तर्वार्ताको क्रममा बोल्दै २००२ फिफा विश्वकप विजेताले आफूले मेस्सीलाई रोनाल्डो भन्दा केही अगाडी राख्ने बताएका थिए। उनी मेस्सीलाई रोनाल्डो भन्दा पूर्ण खेलाडी भएको विश्वास गर्छन्। उनले यो पनि थपे कि उनी ग्रहका अन्य खेलाडीहरू भन्दा अर्जेन्टिनी खेलाडीलाई सबैभन्दा मन पराउँछन्।
रियल म्याड्रिड र ब्राजिलका पूर्व स्ट्राइकरले भने, “उनी [मेस्सी] यो संसारकै उत्कृष्ट खेलाडी हुन्। क्रिस्टियानो पनि, तर म लियोलाई बढी पूर्ण देख्छु। उनी निकै उत्कृष्ट छन्। मलाई मेस्सी अन्य खेलाडी भन्दा बढी मन पर्छ। उनले हरेक कुरा निकै सानदार तरिकाले गर्छन्।”
गत वर्ष कतारमा भएको विश्वकप उपाधि जिताउन अर्जेन्टिनाको नेतृत्व गरेपछि मेस्सीले गोट बहसमा रोनाल्डोलाई पछि पारेको धेरैले विश्वास गरेका छन्। ३५ वर्षिय खेलाडीले कतारमा सात खेलमा सात गोल र तीन असिस्ट प्रदान गर्दै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।