ब्राजिलमा सुआरेजको तहल्का, डेब्यूमै ह्याट्रिक ! [भिडियो सहित]

एजेन्सी – बार्सिलोना र लिभरपुलका लेजेन्ड लुइस सुआरेजले सिरी ‘ए’ क्लब ग्रेमियोका लागि सानदार डेब्यू गरेका छन्। केहि समय अगाडी मात्रै उरुग्वेको क्लब नासियोनलबाट ग्रेमियो पुगेका सुआरेजले डेब्यू खेलमै सानदार प्रदर्शन गरेका हुन्।

डेब्यू खेलमै सुआरेजले आफ्नो नयाँ क्लब ग्रेमियोलाई रेकोपा गौचा सुपर कप दिलाउन मद्दत गरे। डेब्यूमै सुआरेजले ह्याट्रिक गर्न सफल भए। कुल पाँच गोल भएको खेलमा ग्रेमियोको तर्फबाट भएका चार गोल मध्ये तीन गोल सुआरेजबाट भएको थियो।

ग्रेमियोको तर्फबाट भएका सबै गोल पहिलो हाफमा सम्भव भएका थिए। खेलको पाँचौं मिनेटमा विपक्षी गोलकिपरलाई बिट गर्दै सुआरेजले गोलको सुरुवात गरेका थिए। त्यसको नौ मिनेटपछि साओ लुइजले बराबरी गोल फर्कायो।

तर खेलको ३१ औं मिनेटमा बार्सिलोना र लिभरपुलका पूर्व स्ट्राइकरले गोल गर्दै आफ्नो टोलीलाई पुनः अग्रता दिलाए। हाफ टाइम हुनलाई सात मिनेट बाँकी रहँदै सुआरेजले उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरे। खेल ४-१ मा समाप्त भयो र ३५ वर्षिय सुआरेजले ग्रेमियोका लागि उत्कृष्ट सुरुवात गरे।

सुआरेज गत महिनामा उरुग्वेको क्लबमा नासियोनलबाट नि:शुल्क ट्रान्सफरमा ब्राजिलियन क्लबमा सामेल भएका थिए। उनी त्यहाँ सन् २०२४ सम्म रहनेछन्। सुआरेजले दक्षिण अमेरिका पुग्नु अगाडी युरोपमा लामो समय फुटबल खेलेका थिए। युरोपमा उनले आयाक्स, लिभरपुल र बार्सिलोना जस्ता क्लबबाट खेले।

आफ्नो सिनियर करियरमा उनले ७ सय १५ सिनियर खेलहरू खेलेका छन्। जसमा उनले ४ सय ४५ गोल गरेका छन् भने २ सय ४३ असिस्ट दिएका छन्।

प्रकाशित : , ०, ०१४:२४

साउदी अल स्टार ११ को सामना गर्ने टोलीबाट दुई खेलाडी आउट !