इतिहास कै सर्वश्रेष्ठ खेलाडीको संज्ञा दिँदै मेस्सीलाई विशेष सन्देश पठाए युनाइटेड स्टारले !

म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले २०२२ फिफा विश्वकपमा अर्जेन्टिनाको जितपछि लियोनल मेस्सीलाई विशेष सन्देश पठाएका छन्। ला अल्बिसेलेस्टेले आइतबार फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो उपाधि उचालेको हो।

मेस्सी आफ्नो टोलीको अभियानको मुटु थिए, फाइनलमा दुई सहित सात गोल र तीन असिस्ट प्रदान गरेपछि अर्जेन्टिनी कप्तानलाई गोल्डेन बल पनि दिइएको थियो। यससँगै ३५ वर्षीयाले अब आफ्नो उपाधि संग्रह पूरा गरिसकेका छन्, जसपछि धेरैले उनलाई सबै समयको उत्कृष्ट घोषित गर्दै र मेस्सीको सबै उपलब्धिहरूको लागि प्रशस्त प्रशंसा गरेका छन्।

मार्टिनेज आफ्नो अर्जेन्टिनी समकक्षलाई हार्दिक सन्देश दिएर शुभचिन्तकहरूमा सामेल भए, जहाँ सेन्टर-ब्याकले ७ पटकका बलोन डी’ ओर विजेतालाई ‘सर्वश्रेष्ठ’ भनेका छन्। फाइनलबाट पीएसजी स्टारसँग आफ्न केही तस्विरहरू साझा गर्दै, मार्टिनेजले लेखे: “पिचमा र बाहिर सबैका लागि एउटा उदाहरण। हामीले हासिल गरेको यो महान् सपनाको लागि हाम्रो नेता बन्नु भएकोमा लियोलाई धन्यवाद। सबैभन्दा उत्कृष्ट फुटबलर!!”

लियोनल मेस्सीले पेनाल्टीबाट अर्जेन्टिनालाई अग्रता दिलाएपछि एन्जल डि मारियाले आफ्नो अग्रता दोब्बर बनाए। अधिकांश समय निराशाजनक देखिएको फ्रान्सलाई ८० औं मिनेटमा पेनाल्टी र ८१औं मिनेटमा किलियन एमबाप्पेले एकल गोल गर्दै खेलमा फर्काएका थिए। जसपछि अतिरिक्त समयमा गएको खेलमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाएका थिए तर एम्बाप्पेले खेल सकिन ३ मिनेटअघि ह्याट्रिक पूरा गर्दै खेल ३-३ को बराबरीमा लागेका थिए।

जसपछि पेनाल्टी सुटआउटमा धलेकिएको खेलमा फ्रान्सलाई ४-२ ले पराजित गर्दै अर्जेन्टिना आफ्नो इतिहासमा तेस्रो पटक र सन् १९८६ पछि पहिलो पटक विश्वकप विजेता बनेको हो।

प्रकाशित : , ०, ०१५:३४

मेस्सी-रोनाल्डो जस्तो बन्ने भए एम्बाप्पेलाई पीएसजी छाड्न रुनीको सुझाव, दिए २ क्लबको नाम पनि !