युनाइटेडलाई चक्मा, महत्वपूर्ण खेलाडी लिभरपुलद्वारा हाइज्याक !

एजेन्सी – महत्वपूर्ण खेलाडी भित्र्याउने दौडमा प्रिमियर लिग क्लब लिभरपुलले महत्वपूर्ण सफलता हात पारेको छ। गएको केहि समय देखि निरन्तर चर्चामा रहेका खेलाडी भित्र्याउने दौडमा लिभरपुलले सफलता हात पारेको हो।

प्रिमियर लिगको प्रतिद्वन्दी क्लब म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै लिभरपुलले पिएसभी विंगर कोडी गाक्पोलाई भित्र्याउने भएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। डच क्लब पिएसभीले पनि सो खबरलाई पुष्टि गरेको छ।

पिएसभीले ट्वीटर मार्फत गाक्पोको विषयमा लिभरपुल र पिएसभी बीच गाक्पोको ट्रान्सफरका लागि सहमत भएको जानकारी गराएको छ। सहमति भएसँगै तुरुन्तै इङ्गल्याण्ड प्रस्थान गर्ने तय भएको पिएसभीले ट्वीटर मार्फत नै जानकारी दिएको छ।

“पिएसभी र लिभरपुलबीच कोडी गक्पोको प्रस्तावित स्थानान्तरणमा सहमति भएको छ। २३ वर्षीय अट्याकर तुरुन्तै इङ्गल्याण्ड प्रस्थान गर्नेछन्। त्यहाँ स्थानान्तरण पूरा हुनु अघिका आवश्यक औपचारिकताहरू पूरा गरिनेछ।”,पिएसभीले ट्वीटर मार्फत भनेको छ।

पछिल्लो ७२ घण्टा देखि दुई पक्ष बीच चलिरहेको सकारात्मक मोड लिएको र दुई क्लब सहमतिमा पुगेको खेल मिडियाहरुले जनाएका छन्। गाक्पोका लागि कति रकममा सहमति भएको हो भन्ने बारे भने स्पष्ट जानकारी बाहिर आएको छैन।

लिभरपुलले गाक्पोका लागि ४४ मिलियन पाउण्ड खर्च गर्नुपर्ने बताइन्छ। तर सो पुष्टि हुन भने बाँकी नै छ। ट्रान्सफर प्रक्रिया पूरा भएपछि लिभरपुलले कति खर्च गरेको हो भन्ने जानकारी बाहिर आउने अनुमान गर्न सकिन्छ।

गाक्पोले विश्वकपमा समेत धेरै राम्रो खेलेका थिए। विश्वकपभर उनले कुल ३ गोल गरेका थिए। त्यस्तै सन् २०२२-२३ को सिजन सुरु भएपछि पिएसभीका लागि उनले कुल २४ खेल खेल्दा १३ गोल गरेका छन् भने १७ असिस्ट दिएका छन्।

गाक्पोलाई म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले गत समर ट्रान्सफर विन्डोमै भित्र्याउन चाहेका थिए। त्यसबेला उनले युनाइटेडलाई गाक्पो भित्र्याउन आग्रह गरेका थिए। त्यसबेला सम्भव नभएपनि युनाइटेड अहिले भने गाक्पो भित्र्याउने दौडमा थियो। तर लिभरपुलका अगाडी युनाइटेडको केहि लागेन।

प्रकाशित : , ०, ००७:४२

न्युक्यासलले सिटीलाई पछि पार्यो, दोस्रो स्थानमा उक्लियो !