आफ्नै पूर्व खेलाडीमा पर्यो म्याड्रिडको नजर, टोलीमा भएको खेलाडी बेचेर भएपनि ल्याउँने !

स्पेनिस प्रकाशन डिफेन्सा सेन्ट्रलका अनुसार रियल म्याड्रिडले फरल्याण्ड मेन्डी बेचेको खण्डमा २०२३ मा फ्रान गार्सियालाई पुन: हस्ताक्षर गर्न तयार छ।

गार्सिया २०१३ मा बोलानोसबाट ला फाब्रिकामा आबद्ध भए तर ला लिगा दिग्गजहरूको वरिष्ठ टोलीमा आफूलाई स्थापना गर्न सकेनन्। मेन्डी र मार्सेलोको टोलीमा उपस्थितिको कारण स्पेनिस च्याम्पियनका लागि मात्र एक खेल खेलेपछि स्पेनियार्डले सान्टियागो बर्नाबेउ छोडेका थिए। २०२०-२१ सिजनमा रायो भालेकानोमा सफल लोन स्पेल पछि उनी गत वर्ष स्थायी रूपमा सामेल भएका हुन्। गार्सियाले लस फ्रान्जिरोजोसका लागि सबै प्रतियोगितामा ९७ खेलमा तीन गोल र आठ सहयोग प्रदान गरेका छन्।

२३ वर्षिय खेलाडीले आफुलाई देशकै उत्कृष्ट लेफ्ट ब्याकको रूपमा स्थापना गरेका छन् र यस प्रक्रियामा रियल म्याड्रिडको नजरमा परेका छन्। यसैबीच, लस ब्लान्कोस मेन्डी बेच्न खुला छ र गार्सियालाई प्रतिस्थापनको रूपमा अनुबन्ध गर्न सक्छ। फ्रान्सेली स्टार एक सक्षम आक्रमणकारी विंग-ब्याक हुन् तर जब उनको रक्षात्मक क्षमताको कुरा आउँछ, थोरै फितलो हुनसक्छन्। यस गर्मीमा ब्राजिलियन स्टार ओलम्पियाकोस गएपछि रियल म्याड्रिडसँग पनि मार्सेलोलाई बेन्चमा राख्ने मौका छैन।

गार्सियाले पनि स्यान्टियागो बर्नाबेउ फर्किने सपना देखेको स्वीकार गरेका छन्। फिचाजेसले उद्धृत गरे अनुसार, उनले यस वर्षको सुरुमा भने: “मेरो एउटा सपना म्याड्रिड फर्कनु हो।” एस्टाडियो डे भ्यालेकासमा उनको सम्झौतामा अझै साढे दुई वर्ष बाँकी छ।

प्रकाशित : , ०, ०१६:२४

इटालियन एजेन्ट-“रोनाल्डोमा लगानी गर्नु अब कुनै अर्थ नै छैन”