पिएसजीलाई चाहियो आर्सनलका खेलाडी, हाइज्याक गर्ने दाउ !

एजेन्सी – विभिन्न फ्रेन्च मिडियाहरुका अनुसार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) प्रिमियर लिग स्टार माथि नजर लगाइरहेको छ। फ्रेन्च मिडियाहरुले हालसालै पिएसजीको नजर आर्सनल स्टार विलियम सलिबामा परेको हो।

फ्रान्सेली आउटलेट मिडिया फुटले गरिरहेको दावीलाई मान्ने हो भने सुपरस्टार विलियम सलिबालाई भित्र्याउन पिएसजी इच्छुक रहेको छ। सलिबा सन् २०१९ मा आर्सनल पुगेका थिए। सेन्ट-एटिनबाट गनर्समा सामेल भएपछि उनले डेब्यू गर्नकै लागि तीन वर्ष कुर्न परेको थियो।

तर गएको केहि समय देखि उनी आर्सनलको उच्च स्तरको डिफेन्सको महत्वपूर्ण हिस्सा रहेका छन्। सन् २०२२-२३ को सिजन सुरु भएपछि उनले आर्सनलका लागि १४ प्रिमियर लिग खेल खेलिसकेका छन्।

आर्सनलमा सलिबाको सम्झौता सन् २०२४ सम्मका लागि छ। तर आर्सनलले अहिले देखि नै सलिबालाई सम्झौता थप गर्न आग्रह गर्न थालिसकेको छ। यधपी पिएसजी भने आर्सनलले सम्झौता थपका लागि सलिबालाई सहमत गराउनु भन्दा अगाडी नै भित्र्याउन चाहन्छ।

पिएसजीले भेट्रान डिफेन्डर सर्जियो रामोसको स्थानमा सलिबालाई ल्याउन चाहेको बताइन्छ। सन् २०२३ मा रामोसको सम्झौता सकिनेछ। पिएसजीले रामोससँगको सम्झौता थप गर्ने कुनै योजना बनाएको छैन। यसैकारणले गर्दा पिएसजीले सलिबालाई भित्र्याउन चाहेको फ्रेन्च मिडियाहरु बताउँछन्।

प्रकाशित : , ०, ०१४:२४

युनाइटेड दिग्गज भन्छन्-“रोनाल्डोलाई कसैको आवश्यक पर्दैन, मेस्सीलाई सबैको आवश्यक पर्छ, रोनाल्डो उत्कृष्ट हुन्”