मेस्सी पिएसजी फिर्ता हुन समय लाग्ने !

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी यति बेला विश्वकप जितेको खुशियाली मनाइरहेका छन्। मंगलबार मात्रै अर्जेन्टिना फर्किएका उनी मंगलबार राजधानी ब्युनस आएर्सस्थित ओबेल्सिक क्षेत्रमा आयोजित विजयी र्यालीमा सहभागी भए।

ब्युनसको उत्सव सकिएपछि उनी रोजारियो फर्किएका छन्। रोजारियो मेस्सी जन्मिएको शहर हो। आगामी केहि दिन मेस्सी अर्जेन्टिनामै व्यस्त हुनेछन्। मेस्सी अर्जेन्टिनामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन सक्ने अर्जेन्टिनी मिडियाहरुले जनाएका छन्।

मेस्सी अर्जेन्टिनामै व्यस्त रहँदा यता युरोपमा भने मेस्सीको खोजि सुरु भइसकेको छ। युरोपका सबै घरेलु लिगहरु छिट्टै सुरु हुने हुँदा मेस्सीको खोजि सुरु भएको हो। यता मेस्सीको खोजि सुरु भएपनि करियरमै पहिलो पटक विश्वकप जितेका मेस्सी तत्काल पेरिस सेन्ट जर्मेन(पिएसजी) फिर्ता हुने सम्भावना छैन। मेस्सी पिएसजी फिर्ता हुने मिति तय भइनसकेको फ्रेन्च मिडियाहरुले जनाएका छन्।

विश्वकपमा मेस्सीले उच्च प्रदर्शन गरेका थिए। अर्जेन्टिनाको उपाधि यात्रामा मेस्सीले ७ गोल गर्दै ३ असिस्ट प्रदान गरेका थिए। फाइनलमा दुई गोल गरेका उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ उपलब्धि समेत हाँसिल गरेका थिए।

यता विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पराजित फ्रान्सका युवा स्टार किलियन एम्बाप्पे भने पिएसजी फिर्ता भइसकेका छन्। एम्बाप्पे बुधबार मात्रै पिएसजी फिर्ता भएका हुन्। एम्बाप्पे बुधबारबाट क्लबको प्रशिक्षणमा सामेल भएको पिएसजीले जनाएको छ।

प्रकाशित : , ०, ०२१:१३

अन्ततः पिएसजीमै बस्न तयार भए मेस्सी !