विश्वकपको फाइनलमा हारेको केहि दिन नबित्दै एम्बाप्पे पिएसजी फिर्ता, च्याम्पियन्स लिग जित्ने योजना !

एजेन्सी – फ्रान्सका सुपरस्टार किलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी) फर्किएका छन्। विश्वकपका लागि क्लबबाट बाहिर रहेका उनी पिएसजी फिर्ता भएका हुन्। विश्वकप फाइनलमा अर्जेन्टिनासँग हार बेहोरेको तीन दिनमै एम्बाप्पे पिएसजीको प्रशिक्षणमा सहभागी भएको पिएसजीले जनाएको छ।

पिएसजीले सामाजिक संजाल मार्फत एम्बाप्पे क्लबको प्रशिक्षणका लागि फिर्ता भएको जानकारी गराएको हो। पिएसजीका अनुसार बुधबारबाट पिएसजीको प्रशिक्षणमा सहभागी भएका छन्। पिएसजीले एम्बाप्पेको तस्विर राख्दै लेखेको छ,”एम्बाप्पे बुधबारबाट प्रशिक्षणमा फर्किए”

फ्रान्स विश्वकप उपाधिको रक्षा गर्न चुकेपनि एम्बाप्पेले प्रतियोगिताभर उच्च प्रदर्शन गरेका थिए। उनलाई उच्च प्रदर्शनमा फ्रान्सले फाइनल सम्मको यात्रा तय गरेको थियो। फ्रान्स फाइनल सम्म पुग्दा एम्बाप्पेले धेरै राम्रो प्रदर्शन गरेका थिए।

विश्वकपको फाइनलमा पनि उनले उच्च प्रदर्शनलाई कायम राखेका थिए। एम्बाप्पेकै कारण फ्रान्स पछि परेको अवस्थामा समेत खेलमा फिर्ता भएको थियो। अर्जेन्टिना विरुद्ध एम्बाप्पेले ह्याट्रिक गरेका थिए भने टाइब्रेकरमा पनि उनले पेनाल्टीमा सफलता हाँसिल गरेका थिए।

एम्बाप्पेले विश्वकपभर ७ खेल खेल्दा ८ गोल गरेका थिए। त्यस्तै एम्बाप्पेको नाममा दुई असिस्ट पनि रह्यो। सबै भन्दा बढी गोल गरेकै आधारमा एम्बाप्पेले विश्वकपमा गोल्डेन बुट पनि जितेका थिए।

विश्वकपमा चुकेपनि एम्बाप्पेका अगाडी च्याम्पियन्स लिग जित्ने अवसर छ। विश्वकप विजेता लियोनेल मेस्सी र ब्राजिलका स्टार नेयमारसँग मिलेर एम्बाप्पे यस पटक च्याम्पियन्स लिग जित्ने योजनामा छन्।

प्रकाशित : , ०, ०१८:३०

अगुएरो भन्छन् – ‘मेस्सी विश्वकप नजितेको भएपनि रोनाल्डो भन्दा उत्कृष्ट नै हुन्थे’