एजेन्सी – फिफा विश्व कप फुटबल २०२२ प्रतियोगिता जितेको अर्जेन्टिनी टोली मंगलबार स्वदेश फिर्ता भएको छ। आइतबार राति कतारमा भएको विश्वकप फाइनलमा फ्रान्सलाई पराजित गरेर विश्वविजेता बनेको अर्जेन्टिना मंगलबार अर्जेन्टिना पुगेको हो।
विश्वकप जितेको उत्सव मनाउनको लागि मंगलबारका लागि अर्जेन्टिनी सरकारले सार्वजनिक बिदा नै दिएको छ। विशेष कार्यक्रममा बीच विश्वकप विजेता टोलीको सम्मान गर्ने कार्यक्रम रहेको छ।
विश्वकप जितेको अर्जेन्टिनी टोली केहि घण्टा अगाडी मात्रै अर्जेन्टिना पुगेको हो। विशेष कार्यक्रममा सहभागी हुनु भन्दा अगाडी टोलीले विश्राम गर्नेछ। विश्राम गर्नेक्रममा अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका लियोनेल मेस्सी विश्वकप ट्रफीसँगै सुतेका छन्।
मेस्सीले त्यसक्रममा केहि तस्विरहरु सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन्। सार्वजनिक ती तस्विरहरु क्षणभरमै भाइरल भएका छन्।