रोनाल्डो जान सक्छन् पिएसजीको प्रतिद्वन्दी क्लबमा, छलफल भएको खुलासा !

एजेन्सी – फ्रेन्च क्लब मार्सेका लेजेण्ड बासिल बोलीले मार्सेले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउन प्रयास गरेको खुलासा गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा बोलीले रोनाल्डोलाई भित्र्याउन मार्सेले प्रयास गरेको खुलासा गरेका हुन्।

एनडब्ल्यु स्पोर्टसँगको कुराकानीका क्रममा बोलीले रोनाल्डोसँग मार्सेले छलफल गरेको बताए। दुई पक्ष बीचको छलफलले के निष्कर्ष निकाल्यो भन्ने बारे भने उनले केहि बताएनन्। सो कुराकानीका क्रममा उनले रोनाल्डो मार्से आउँदा राम्रो हुने बताउन भने छुटाएनन्।

बोलीका अनुसार अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले जस्तै फ्रान्समा आफूलाई स्थापित गर्न सक्छन्। त्यसक्रममा उनले पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेको पहिलो वर्ष राम्रो गर्न नसकेपनि दोस्रो वर्षमा मेस्सीले राम्रो गर्न सकेको उल्लेख गरे।

“क्रिस्टियानो रोनाल्डो मार्सेसँग वार्तामा थिए। उनी मार्से आए राम्रो हुन्छ भन्ने मलाई लाग्छ। उनी एक प्रतिभाशाली खेलाडी हुन्। अलिकति बूढो भए पनि उनले केहि समय अझै राम्रो खेल्न सक्छन्। फ्रेन्च लिग उनका लागि धेरै राम्रो हुन सक्छ। फ्रेन्च लिग मेस्सीका लागि पनि ठीक देखियो। पहिलो सिजन राम्रो गर्न नसकेपनि दोस्रो सिजनमा मेस्सीले राम्रो खेल्न थालिसकेका छन्।”,बोलीले भने।

म्यानचेस्टर युनाइटेडसँगको सम्झौता रद्द भएपछि रोनाल्डो अहिले क्लब बिहिन छन्। रोनाल्डो यति बेला नयाँ क्लबको खोजिमा छन्। रोनाल्डो युरोप, अरब र अमेरिकी क्लबहरुले सम्पर्क गरिरहेका छन्।

केहि समय अगाडी रोनाल्डोलाई साउदी अरेबियाको एक क्लबले आकर्षक सम्झौता प्रस्ताव गरेको खबर आएको थियो। साउदी अरेबियाको क्लब अल नासरले रोनाल्डोलाई प्रति सिजन २ सय मिलियन युरोको सम्झौता प्रस्ताव गरेको खेल मिडियाहरु बताउँछन्।

 

प्रकाशित : , ०, ०१६:३५

बार्सिलोना मालामाल, अर्का महत्वपूर्ण खेलाडी सित्तैमा भित्र्याउने भयो !