आफ्नै ब्याण्ड बजाएको फ्रान्सलाई विश्वकप फाइनलमा समर्थन गर्ने मोरक्को प्रशिक्षकको खुलासा !

मोरक्कोका प्रबन्धक वालिद रेग्रागुईले आइतबार (डिसेम्बर १८) मा हुने २०२२ फिफा विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सलाई आफ्नो टोलीले समर्थन गर्ने बताएका छन्।

फिफा विश्वकपमा एटलस लायन्सको अभूतपूर्व दौड बुधबार (डिसेम्बर १४) राति होल्डर्ससँग २–० ले पराजित हुँदै टुङ्गिएको छ। अल बायट स्टेडियममा लेस ब्लुससँग आफ्नो टोलीको हार पछि, रेग्रागुईले उनको टोलीले अर्जेन्टिना विरुद्धको फाइनलमा फ्रान्सलाई समर्थन गर्ने बताएका हुन्। मोरक्को प्रशिक्षकले चोटको समस्यको बावजुद पनि उनको टोलीले विश्वकपमा गरेको प्रदर्शन माथि आफूलाई गर्व रहेको पनि बताएका छन्।

उनले भने: “हामीले आफनो अधिकतम दियौं; त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हामीले विश्वलाई मोरक्कोमा फुटबल अवस्थित छ र हामीसँग ठूलो समर्थकहरू छन् भनेर देखाएका छौं। हामीलाई केही चोटले सतायो; हामीले वार्मअपमा साइस, माजराउईमा अगुएर्डलाई गुमायौं। तर कुनै बाहाना बनाउँन मिल्दैन।”

“हामीले सानो गल्तीको लागि सजाय पायौं। हामीले खेलमा राम्रोसँग सुरुवात गर्न सकेनौं; हामीले पहिलो हाफमा धेरै प्राविधिक मौका बर्बाद गरेका थियौं, र दोस्रो गोलले हामीलाई निरिह बनायो तर यसले प्रतियोगितामा पहिले गरेका कुनै पनि कुरालाई मेटाउँन सक्दैन। एक कदम टाढा रह्यो। हामीसँग ६०-७०% फिटनेसमा धेरै खेलाडी थिए। मेरा खेलाडीले सबै दिए। उनीहरूले जति सक्थे गरेका छन्। हामी अब फ्रान्सलाई समर्थन गर्नेछौं,” उनले थपे।

प्रकाशित : , ०, ०१३:१३

मेस्सीकाे ‘परफेक्ट पार्टनर’ बन्दै अल्भारेज, विश्वकपमा गरिरहेछन् कमाल !