सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल फेरियो, नयाँ बलका विशेषता यस्ता छन् !

एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुँदै आएको अल रिहला बल अब सेमिफाइनल र फाइनल खेलमा प्रयोग नहुने भएको छ । फिफा र एडिडासले बाँकी खेलका लागि ‘अल हिल्म’ नामक बल सार्वजनिक गरेका छन् ।

अल हिल्म अरबी शब्द हो र यसको अर्थ ‘सपना’ हुन्छ । यसअघि प्रयोग भएको बल ‘अल रिहला’ को अर्थ भने ‘यात्रा’ रहेको थियो । यसअघि अल रिहला बलमा जस्तै यस बलमा पनि कनेक्टेड बल टेक्नोलोजीको प्रयोग गरिएको छ । यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मदत पुगेको एडिडासले जनाएको छ ।

यस बलको डिजाइनमा सुनौलो रंग प्रयोग गरिनेछ । यसमा प्रयोग गरिएको त्रिकोणात्मक आकारले दोहा र वरपरको मरभुमीको प्रारूप दिन्छ । यस्तै फिफा विश्वकपको रंग र कतारको झण्डाको स्वरूप पनि प्रयोग गरिएको छ ।

यसपटक अल रिहलाको प्रयोगले सेमी अटोमेटेड अफसाइड टेक्नोलोजीको नयाँ प्रयोग पनि गरीएको थियो । यसले बललाई आधुनिक प्रणालीसँग जोडेको छ । यसअघि समूह चरणमा क्रिस्टियानो रोनाल्डोले हेडरमार्फत गोल माग गरेपनि बलको अत्याधुनिक प्रविधिमार्फत उनले बल नछोएको पत्ता लागेको थियो ।

प्रकाशित : , ०, ०२०:२५

फ्रान्ससँग हारेपछि आयो म्यागुइरको भविष्यवाणी, यो देशले विश्वकप जित्ने दावी !