लेबोउफ भन्छन् – “नयाँ प्रशिक्षकले पनि रोनाल्डो नामको समस्या झेल्नु पर्छ”

एजेन्सी – पूर्व फ्रान्सेली फुटबलर फ्रान्क लेबोउफले क्रिस्टियानो रोनाल्डोलाई लिएर उत्पन्न समस्या समाधान भइनसकेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा पोर्चुगलका नयाँ प्रशिक्षकले पनि रोनाल्डोका कारण समस्या भोग्न पर्ने बताएका हुन्।

ईएसपीएनको एक टेलिभिजनमा सहभागी भएका लेबोउफले रोनाल्डोलाई लिएर रहेको समस्याले राष्ट्रिय टोली सम्हाल्न आउने नयाँ प्रशिक्षकलाई पनि दुख दिने बताए। पोर्चुगल अहिलेका प्रशिक्षकसँग छुट्टीन चाहेको खण्डमा नयाँ प्रशिक्षक आउन सक्छन्। तर त्यस अवस्थामा पनि रोनाल्डोको भूमिकालाई लिएर रहेको समस्या रहिरहने लेबोउफको भनाई छ।

त्यस्तै लेबोउफले रोनाल्डो राष्ट्रिय टोलीमा कस्तो भूमिकामा हुन्छन् भन्ने कुरा अब उनी जाने क्लबका आधारमा निर्धारण हुने पनि बताए। लेबोउफका अनुसार युरोपेली क्लबहरुमा गएको खण्डमा रोनाल्डोले पुनः राष्ट्रिय टोलीमा बलियो कम्ब्याक गर्न सक्छन्।

रोनाल्डो सन् २०२२-२३ को सिजन सुरु भएयता पहिला जस्तो लयमा छैनन्। म्यानचेस्टर युनाइटेडमा हुँदा उनी सिजनको सुरुवात देखि नै पहिलो रोजाईमा पर्न छाडे। नियमित टोलीमा पर्न छाडेसँगै रोनाल्डो युनाइटेडसँग रुष्ट भएका थिए।

एक अन्तर्वार्तामा क्लब माथि प्रहार गरेसँगै युनाइटेडले रोनाल्डोसँगको सम्बन्ध तोडिसकेको छ। पहिला युनाइटेडको पहिलो रोजाईमा पर्न संघर्षरत उनी पोर्चुगलको राष्ट्रिय टोलीमा पनि पहिलो रोजाईमा पर्न गार्हो परिरहेको छ।

विश्वकपका सुरुवाती खेलहरुमा सुरुवाती ११ मा परेपनि पछिल्ला खेलहरुमा भने रोनाल्डोले बेन्चबाट मैदान प्रवेश गर्न परेको थियो। यससँगै पोर्चुगिज राष्ट्रिय टोलीमा रोनाल्डोको महत्व कम भएको चर्चा सुरु भएको छ।

प्रकाशित : , ०, ०१७:३१

मेस्सीसँग खेल्दा अचम्मित भएका थिए अस्ट्रेलियन खेलाडी, कला देखेर परेका थिए छक्क !