गोल्डेन बुटको दौडमा तीन खेलाडी, एक अर्कालाई दिँदै टक्कर ! को-को ?

एजेन्सी – कतारमा जारी विश्वकपको गोल्डेन बुटका लागि फ्रान्सका दुई खेलाडी र अर्जेन्टिनाका एक खेलाडी बीच प्रतिष्पर्धा हुने देखिएको छ। विश्वकपमा सेमिफाइनल, तेस्रो स्थानका लागि हुने खेल र फाइनल गरी चार खेल मात्र बाँकी रहेको अवस्थामा गोल्डेन बुटका लागि तीन खेलाडी बीच प्रतिष्पर्धा हुने देखिएको हो।

गोल्डेन बुटका लागि फ्रान्सका किलियन एम्बाप्पे, ओलिभर जेरुड र अर्जेन्टिनाका लियोनेल मेस्सी बीच प्रतिष्पर्धा हुने देखिन्छ। फ्रान्सले सेमिफाइनलको यात्रा तय गर्दा एम्बाप्पेले ५ गोल गरिसकेका छन्।

एम्बाप्पेले अन्तिम १६ मा पोल्याण्ड विरुद्धको खेलमा दुई गोल गरेका थिए। त्यसभन्दा अगाडी उनले तीन गोल समूहचरणका खेलमा गरेका थिए। समूहचरणमा डेनमार्क विरुद्ध दुई गोल गर्दा एम्बाप्पेले अस्ट्रेलिया विरुद्ध १ गोल गरेका थिए।

क्वाटरफाइनलको खेलमा गोल गर्न नसकेपनि प्रि-क्वाटरफाइनल सम्म नै एम्बाप्पेले ५ गोल गरेका हुन्। त्यस्तै जिरुड र मेस्सी दुवैले भने क्वाटरफाइनलमा गोल गर्न सके। दुवैले अहिले सम्म ४-४ गोल गरिसकेका छन्।

त्यस्तै जिरुडले भने क्वाटरफाइनलमा इंग्ल्याण्ड विरुद्धको खेलमा गोल गरे। त्यस भन्दा अगाडी उनले पोल्याण्ड विरुद्ध एक गोल गरेका थिए। समूहचरण अन्तर्गत अस्ट्रेलिया विरुद्ध भने उनले दुई गोल गरेका थिए।

गोल्डेन बुटको दौडमा रहेका मेस्सीले पनि क्वाटरफाइनल गोल गरेका थिए। उनले नेदरल्याण्डस् विरुद्धको खेलमा उनले पेनाल्टी गोल गरेका थिए। मेस्सीले प्रि-क्वाटरफाइनलमा अस्ट्रेलिया विरुद्ध पनि एक गोल गरेका थिए। समूहचरणमा पनि मेस्सीले दुई गोल गरेका थिए। उनले साउदी अरेबिया र मेक्सिको बीचको खेलमा एक-एक गोल गरेका थिए।

प्रकाशित : , ०, ०१५:१८

लेबोउफ भन्छन् – “नयाँ प्रशिक्षकले पनि रोनाल्डो नामको समस्या झेल्नु पर्छ”