विश्वकपको सेमिफाइनलमा पिएसजीका तीन साथी !

एजेन्सी – फिफा विश्वकप कतार २०२२ काे सेमिफाइनल समिकरण पूरा भइसकेको छ। लगातार भएका चार खेलबाट सेमिफाइनलमा भेट हुने चार टोलीको टुंगो लागेसँगै सेमिफाइनलको समिकरण पूरा भएको हो।

अब विश्वकपको उपाधि अर्जेन्टिना, फ्रान्स, मोरोक्का र क्रोएसिया मध्ये एकले जित्नेछ। अर्जेन्टिना क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई ट्राइबेकारमा पराजित गर्दै सेमिफाइनल पुगेको हो भने क्रोएसियाले सेमिफाइनल पुग्न ब्राजिलको चुनौतीलाई पाखा लगायो।

त्यस्तै मोरोक्कोले पोर्चुगल तथा फ्रान्सले इंग्ल्याण्डलाई पराजित गरेर सेमिफाइनल पुगेको हो। सेमिफाइनलमा फ्रान्सले मोरोक्कोको सामना गर्दा अर्जेन्टिना र क्रोएसिया आमने-सामने हुनेछन्।

सेमिफाइनलका तीन टोली अर्जेन्टिना, फ्रान्स र मोरोक्कोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का खेलाडीहरु रहेका छन्। पिएसजीका डिफेन्डर अच्राफ हाकिमी, फरवार्डद्वय लियोनेल मेस्सी र किलियन एम्बाप्पे सेमिफाइनल पुगेका हुन्।

यसमध्ये मेस्सी र एम्बाप्पे विश्वकपका सर्वाधिक गोलकर्ता समेत रहेका छन्। दुवै यति बेला गोल्डेन बुटको दौडमा छ। एम्बाप्पेले अहिले सम्म ५ गोल गरिसकेका छन् भने मेस्सीले ४ गोल गरेका छन्।

प्रकाशित : , ०, ०१३:४१

नेयमार भन्छन्, क्रोयसियासँग हारेपछि केही समय ‘मानसिक रूपमा क्षतविक्षत’ भएँ